प्रहरी नियमावली संशोधन,कामु महानिरीक्षकमा डा. दिनेशचन्द्र पोख्रेल

फाल्गुन २ – प्रहरी महानिरीक्षक नियुक्तीको विवादमा फसेको सरकारले सोमबार साँझ अबेर गरी कार्यबाहक महानिरीक्षक चयन गरेको छ ।प्रधानमन्त्री निवास वालुवाटारमा आकस्मिक बैठक बसी प्रहरी नियमावली २०७१ संसोधन गरेर नेपाल प्रहरी अस्पतालमा कार्यरत प्राविधिक तर्फका एआईजी डा. दिनेशचन्द्र पोख्रेललाई कार्यवहाक महानिरीक्षक बनाउने निर्णय गरेको हो ।
हाल रहेको चार डिआईजीहरु विवादमा परेकाले प्राविधिक तर्फबाट एक पटकलाई कार्यबाहक दिन मिल्ने गरी नियमावली संशोधन गरिएको हो |