हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

महानिरीक्षक नियुक्तपछि एक्लिँदै देउवा,कांग्रेस बाहिरिए भने एमालेले सरकारलाई समर्थन गर्ने

काठमाडौं, २ फागुन। नेपाल प्रहरीको महानिरीक्षक आफैंले भनेको व्यक्ति नियुक्त गर्न दबाब दिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कांग्रेसभित्रै एक्लिँदै गएका छन्।

गृहमन्त्री विमलेन्द्र निधिलाई महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्ती नगरे पदबाट बर्खास्त गर्ने चेतावनी दिएका देउवाले प्रधानमन्त्रीलाईसमेत चन्दलाई महानिरीक्षक नबनाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका थिए।

कांग्रेसभित्रैका नेताहरुले सरकारमा पार्टीको नेतृत्व गरेका गृहमन्त्रीलाई निर्णय गर्न दिनुपर्ने मध्यममार्गी नेताको आग्रहलाई समेत देउवाले अस्विकार गरेका थिए। ‘उहाँ जसरी पनि पेलेरै जाने मुडमा देखिनु भयो,’ नाम उल्लेख नगर्ने सर्तमा एक कांग्रेस नेताले भने, ‘देउवाजीको हठले उहाँलाई नै हानी गर्दैछ।’

आइतबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको २५ औं महानिरीक्षकमा वरियाताक्रममा तीन नम्बरमा रहेका जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री र गृहमन्त्री वरियता क्रममा एक नम्बरमा रहेका नवराज सिलवाललाई प्रहरी महानिरीक्षक बनाउनु पर्ने पक्षमा भएपनि देउवाको दबाबका कारण मन्त्रिपरिषद बैठकले चन्दलाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो।

देउवाको दबाबमा मन्त्रिपरिषदले चन्दलाई महानिरीक्षक नियुक्त गने निर्णय गरेको केही समय पछि नै सर्वोच्च अदालतले चन्दलाई महानिरीक्षक बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। चन्दलाई महानिरीक्षक बनाउन देउवाले लिएको अडानप्रति देउवा पक्षका कतिपय नेताहरु नै सन्तुष्ट छैनन्।

देउवाका विश्वास पात्र मानिएका र वर्तमान सरकार गठनमा महत्वपूर्ण मानिएका गृहमन्त्री निधि नै देउवासँग रुष्ट छन् भने रक्षा मन्त्री बालकृष्ण खाँडसमेत देउवासँग सन्तुष्ट नभएको एक नेताले बताए। महाधिवेशन भएको एक वर्ष हुन लाग्दासमेत पदाधिकारी नियुक्त गर्न नसकेका देउवाको पौडेल पक्षका नेताले चर्को आलोचना गर्दै आएका छन्।

महानिरीक्षक नियुक्तीमा देउवाले लिएको अडानपछि उनी निकटहरु नै रुष्ट भएपछि देउवा पार्टीभित्र एक्लिन थालेका छन्।

चन्दको पक्षमा देउवाले अडान लिएपछि प्रधानमन्त्रीले त्यसो नगर्न आग्रह गरेका थिए। तर देउवा आफ्नो अडानबाट पछि नहटेपछि प्रधानमन्त्रीले आइतबार विहानै मन्त्रिपरिषद बैठक बोलाएर चन्दलाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेका थिए।

नेपाल प्रहरीको महानिरीक्षकलाई लिएर सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्र र प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसबीच दूरी बढेको छ।

स्रोतका अनुसार सर्वोच्च अदालतले महानिरीक्षकमा चन्दको नियुक्ती बदर गर्यो भने त्यसैलाई आधार बनाएर प्रधानमन्त्रीले राजीनमा दिने र एमालेसँग नयाँ गठबन्धन गर्ने तयारी हुन थालेको छ।

उच्च स्रोतका अनुसार केही दिन अघि एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्री दाहाललाई भेटी कांग्रेसले समर्थन फिर्ता लिए एमालेले साथ दिने बताएका थिए।

‘तपाइँले हाम्रा दुई नेतालाई प्रधानमन्त्री बनाउनु भएको छ,’ प्रधानमन्त्रीलाई भट्टराईले भनेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाइँको अप्ठ्यारा हामीले बुझेका छौं। कांग्रेसले समर्थन फिर्ता लिए एमालेले सरकारलाई समर्थन गर्छ।’ एमालेले दाहालकै नेतृत्वमा नयाँ सरकार गठन गर्न सकिने गरी माओवादीलाई आश्वस्त पारेको स्रोतको भनाइ छ।

शुक्रबार माओवादी नेता नारायणकाजी श्रेष्ठको निवासमा भएको प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष केपी ओलीबीचको छलफलमा समेत नयाँ सत्तासमिकरणबारे छलफल भएको स्रोतले जनाएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution