हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

कागजात नभएका आप्रवासी अमेरिकामा सयौं पक्राउ


काठमाडौं । अमेरिकी अधिकारीहरूले व्यापक मात्रामा छापा मारेर कागजात नभएका सयौं आप्रवासीहरूलाई पक्राउ गरेकोे समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएपछि सञ्चालन भएको यो सबैभन्दा ठूलो छापा भएको बताइएको छ ।

यसबाट आप्रवासी समुदायमा आतंक पैदा भएको छ । समाचारअनुसार संघीय अध्यागमन तथा भन्सार प्रवर्तन एजेन्सी (आईसीई)ले लस एन्जलस, न्युयोर्क, सिकागो, अस्टिन र एटलान्टा सहरमा छापा मारेका थिए ।

गत जनवरी २५ मा ट्रम्पले बिनाकागजात बसेका आप्रवासीहरूलाई देशनिकाला गर्ने विषयको कार्यकारी आदेश जारी गरेपछि यो कदम चालिएको बताइएको छ ।

तर संघीय अध्यागमन तथा भन्सार प्रवर्तन एजेन्सीले भने यो आफ्नो नियमित काममात्र भएको बताएको छ ।

आईसीईका प्रवक्ता जेनिफर एल्जियाले यो अपरेसनको उद्देश्य आईसीईको यसअघिको भगौडा खोज अपरेसन टिमले सञ्चालन गर्ने गरेको अपरेसनजस्तै भएको बताएकी छन् ।

आईसीईको लस एन्जलस अपरेसनका प्रमुख डेभिड मरिनले उक्त क्षेत्रबाट करिब १६० जना पक्राउ परेका बताएका छन् । तीमध्ये करिब ७० प्रतिशत यसअघि गुन्डागर्दीको आरोपमा दोषी पाइएको उनले बताए । केही मानिस भने कागजात नभएका कारण नै पक्राउ परेको उनले जानकारी दिएका छन् ।

ट्रम्प सत्तामा आएपछि गएको शुक्रबार रातिसम्ममा ३७ जना मेक्सिकन अमेरिकाबाट निकाला भइसकेका छन् ।

आवासीय क्षेत्रहरू तथा कार्यस्थलमा भएको छापा मार्ने तथा पक्राउ गर्ने कामपछि अमेरिकामा विरोध पनि भइरहेको छ । साथै डेमोक्रटिक पार्टीका निर्वाचित जनप्रतिनिधिहरू यो कदमबाट चिढिएका छन् ।

क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा मात्र १० लाख बिनाकागजातका आप्रवासी रहेको बताइएको छ ।

“राष्ट्रपति ट्रम्पको नीति परिवर्तनले हाम्रा मूल्यमान्यतालाई धोका दिएको छ,” डेमोक्रेटिक सिनेटर डियान्ने फियान्स्टेनले भनिन् ।

समाचारअनुसार टेक्सास राज्यको अस्टिनमामा पनि एक लाख गैरकानुनी आप्रवासी छन् । त्यहाँबाट एक व्यक्ति पक्राउ परेको समाचार प्रकाशनपछि प्रर्दशन भइरहेको छ ।

त्यहाँका डेमोक्रेटिक पार्टीका सांसद जोक्वीन क्यास्ट्रोले बिनाकागजातका आप्रवासीलाई लक्षित गरी पक्राउ अपरेसन सुरु भएको पुष्टि गरेका छन् ।
उनले आईसीई अधिकारीहरूलाई ‘के तिनीहरू साँच्चिकै समुदायका लागि खतरनाक र चुनौती थिए ?’ भन्ने प्रश्न पनि गरेका छन् ।
अमेरिकाको न्युयोर्कमा १५ लाख बिनाकागजातका आप्रवासी रहेको बताइएको छ ।

स्मरणीय छ, यसअघिका राष्ट्रपतिहरूमध्ये निवर्तमान राष्ट्रपति बाराक ओबामाको पालमा सबैभन्दा धेरै आप्रवासीहरूलाई देश निकाला गरिएको थियो । त्यसमा पटकपटक मादक पदार्थ सेवन गरेर गाडी चलाउनेलाई लक्षित गरिएको थियो ।

केही दिनअगाडि अमेरिकाले १४ वर्षदेखि अमेरिकामा बस्दै आएकी मेक्सिकोकी ३६ वर्षीया गौडालुपे गार्सियालाई देशनिकाला गरेको थियो । गार्सियाले झुटो विवरण पेस गरेर जागिर खाएकी थिइन् ।

उनले सन् २००९ मै दोष स्वीकार गरेकी थिइन् । २०१३ मा उनलाई पक्राउ गरेर देश निकाला गर्न खोजिएको भए पनि ओबामा प्रशासनले बस्न छुट दिएको थियो । @ वाह्रखरी |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution