चुनाव नलडेको नयाँ शक्ति भोलीदेखि संसदमा , सबै प्रक्रियामा भाग लिने
काठमाडौं – चुनावै नलडेको नयाँ शक्ति पार्टी नेपाल भोलिबाट संसदमा सहभागी हुने भएको छ । नयाँ शक्तिका केन्द्रीय कार्यकारीणी सदस्य तथा प्रचार विभाग सह-संयोजक अरुणा रायमाझीले नयाँ शक्ति र थरुहट तराई पार्टी लोकतान्त्रिकबीच सोमवार एकता भेला हुन थालेको बताइन् । उनका अनुसार भोली दिउँसो दुई बजे पार्टी मुख्यालय बबरमहलमा एकता भेला हुनेछ ।
थरुहट तराई पार्टी लोकतान्त्रिबाट गंगा चौधरी सांसद छिन् । उनी नयाँ शक्तिमा आएपछि पार्टी स्वत संसद सचिवालयमा दर्ता हुनेछ ।
गत जेठ अन्तिममा बाबुरामको नेतृत्वमा नयाँ शक्ति गठन भएको थियो । माओवादी परित्याग गर्ने निर्णयसँगै बाबुरामले आफ्नो सांसद पदबाट पनि राजीनामा गरेका थिए ।