बनेपामा नयाँ शक्तिले प्रत्यक्ष निवाचित कार्यकारी राष्ट्रपतिको पक्षमा हस्ताक्षर संकलन

बनेपा, माघ २९ । प्रत्यक्ष निवाचित कार्यकारी राष्ट्रपतिको पक्षमा नयाँ शक्ति नेपाल पार्टीले देशव्यापी रुपमा हस्ताक्षर संकलन अभियान थालनी गरेको दुई हप्ताको अन्तरालमा लाखौँ जनताले साथ दिएका छन् ।
यसै सन्दर्भमा आज बनेपामा आयोजित कार्यक्रममा बिभिन्न क्याम्पसमा आध्ययनत विद्यार्थी तथा सर्वसाधारणले हस्ताक्षर गरेका छन् । नयाँ शक्ति पार्टी नेपाल निकट राष्ट्रिय युवा अभियान काभ्रेद्वारा आयोजित कार्यक्रमको जिल्ला संयोजक भरत लामिछाने र जिल्ला उत्प्रेरक नवीन तामाङले हस्ताक्षर गरी अउद्घाटन गरेका थिए । अभियानमा आफ्नो गृह जिल्लाबाट काभ्रे आई बिभिन्न पेशा व्यवयायमा आवद्ध कर्मचारी, मजदुर र आम नागरिक तथा स्थानिय जनताले हस्ताक्षर गरेका थिए ।
प्रत्यक्ष निर्वाचत राष्ट्रपति र स्थायी सरकारका बारेमा कुरा गर्दा स्थानीय जनता उत्साहितत भई हस्ताक्षर गर्न तम्सिएका थिए’ केन्द्रीय सचिवालय सदस्यसमेत रहेका नवीन तामाङले बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रिपतिका पक्षमा करिव चार लाख हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने नयाँ शक्ति पार्टी नेपालको योजना रहेको छ