हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

यूएईमा तामाङ सोनाम ल्होछार भव्यताका साथ सम्पन्न

-सनिल घिसिङ तामाङ

दुबई – सोनाम ल्होछार २८५३ औं झ्या ल्हो को अबसरमा तामाङ समाज यूएईद्धारा दुबईमा आयोजित ल्होछार साँझ २०१७ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

औपचारिक कार्यक्रमको प्रमुख अतिथिका रूपमा माननीय संसद तथा कांग्रेस संसदीय दलका सदस्य तीर्थ लामा र महामहिम कार्यबाहक राजदुत नेत्र बहादुर टन्डन, बिशेष अतिथिमा नेपाल आदिबासी जनजाति महासंघ यूएईका अध्यक्ष डिआर गुरूङ तथा नेपाली समाज यूएईका अध्यक्ष सिपी सापकोटा, अतिथिहरूमा नेपाल आदिबासी जनजाति महासंघ यूएईसंग आबद्ध बिभिन्न जातिय संस्थाका प्रमुखहरू लगायत यूएईमा स्थापिक बिभिन्न संघ-संस्थाका प्रमुखहरू, प्रायोजकहरू तथा पत्रकारहरूको उपस्थिति भएको थियो ।

बौद्ध परम्परा अनुसार लामा गुरूबाट पुजापाठ गरी सुरू भएको कार्यक्रममा प्रमुख अतिथिले छ्युमीमा दिप प्रजवलन गरेका थिए । कार्यक्रमका सभापति तथा तामाङ समाज यूएईका अध्यक्ष महेश मोक्तानले दुबै प्रमुख अतिथिहरूलाई तामाङ टोपी र फेङ्गा लगाई स्वागत गर्दै सोनाम ल्होछारको शुभकामना आदनप्रदान गरेका थिए । तामाङ समाज यूएईले माननीय संसद तिर्थ लामा र अतिथि कलाकार जयनन्द लामालाई उहाँहरूले आ-आफ्नो क्षेत्रमा हासिल गरेको सफलता र तामाङ समुदायलाई पुर्याएको उल्लेखनीय योग्दानको उच्च मूल्याङकन गर्दै सम्मान गरेको थियो । त्यस्तै तामाङ समाज यूएईमा आबद्ध भई समाजका गतिबिधिहरूमा बिशेष सहयोग तथा योगदान पुर्याउने समाजका सदस्यहरूलाई “स्टार मेम्बर अफ द ईयर २०१६” को उपाधिद्धारा तामाङ समाज यूएई आबुधाबी क्षेत्रीय समितिबाट धन बहादुर तामाङ, दुबई क्षेत्रीय समितिबाट सोम लामा तामाङ र अल ऐन क्षेत्रीय समितिबाट सुष्मा तामाङ र निरू गोलेलाई सम्मान गरिएको थियो । साथै तामाङ समाज यूएईका तृतीय उपाध्यक्ष सुरेन्द्र थिङ तामाङलाई २२औं बिश्व आदिबासी दिबस कार्यक्रमको प्रमुख संयोजक भई कार्यक्रमलाई ऐतिहासिक सफल बनाउन उल्लेखनीय भुमिका खेलि तामाङ समाज यूएईको सिर अझ उच्च बनाउन सफल हुनु भएकोमा उहाँलाई “स्टार अफ द स्टार्स – २०१६” को उपाधिद्धारा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि, बिशेष अतिथि तथा सभापतिले सोनाम ल्होछारको शुभकामना सन्देश दिदै मन्तब्यहरू ब्यक्त गरेका थिए ।

तामाङ चलचित्रका नायक बिजय लामा र सुनिता स्याङबोले स्वागत नृत्य प्रस्तुत गर्दै सुरू भएको अनौपचारिक कार्यक्रममा यूएईका चर्चित कलाकारहरू बिक्रम लामा, सन्दिप ग्यावक, बिमला बज्यू, सुष्मा तामाङ, निरू गोले, सोम लामा, ल्हामु शेर्पा, प्रदिप पुन मगर, रेबिका मगर, प्रख्यात मोक्तान, बिक्रम वाईबा, अन्जुली लोप्चन, सुब्बा बल तामाङ, लाक्पा योन्जनले तामाङ सेलोमा उत्कृष्ट गायन तथा नृत्य प्रस्तुतिहरू प्रस्तुत गर्दै दर्शकहरूलाई भरपुर मनोरन्जन गराएका थिए । कार्यक्रमका मुख्य आकर्षण नेपालबाट आमन्त्रित लोकप्रिय बरिष्ठ कलाकार जयनन्द लामाले सयौको संख्यामा उपस्थित दर्शकहरू माँझ “कलकत्ते काईयो”, “चुई चुई चुई खाने जुत्ता”, “आँखाको रमझम” लगायत आफ्ना आधा दर्जन चर्चित गीतहरू प्रस्तुत गर्दा गायक लामा संगै गीतहरू गाँउदै-नाच्दै दर्शकहरूले साथ दिएका थिए ।

यसै कार्यक्रमका बीच गायक चन्द्र वाईबा (प्राङबो) को गीति एल्बम ह्”याङला खाजिम” र गायिका सरस्वती लामाको गीति एल्बम “उर्बसी – २” लाई तामाङ समाज यूएईका अध्यक्ष महेश मोक्तान, शेर्पा किदुङ यूएई का अध्यक्ष पासाङ शेर्पा र काभ्रे सम्पर्क समिति यूएईका अध्यक्ष दिल वाईबाले सामुहिक रूपमा यूएईमा बिमोचन गरेका थिए ।

यस ल्होछार साँझ २०१७ कार्यक्रमलाई नमस्ते ट्राभल्स एण्ड टुर्स, फिस्टेल ट्राभल्स, हमालय ट्राभल्स, एभरेष्ट पोईन्ट होटल, सगरमाथा रेष्टुरेण्ट, सनराईज रेष्टुरेण्ट, गोल्डेन एभरेष्ट एअर कन्डिसन सिस्टम, एभरेष्ट एचआर कन्सल्टेन्सी लगायत बिभिन्न ब्यक्तित्वहरूले प्रायोजन गरेका थिए । त्यस्तै कार्यक्रमको अफिसियल मिडिया पार्टनरमा रेडियो तामसालिङ अनलाईन, तामाङ अनलाईन मिडिया र जयल ईन्टरटेन्टमेण्ट प्रालि रहेको थियो ।

कार्यक्रममा जयल ईन्टरटेन्टमेण्ट प्रालिले साउण्ड सिस्टमको ब्यबस्थापन गरेको थियो । कार्यक्रमलाई तामाङ समाज यूएईका महासचिब सनिल घिसिङ र सचिब बसन्ति दोङले संचालन गरेका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution