युएईमा मगर दिवस मनाउने तयारी

दुबई – यहि आउने २४ फेब्रुअरी २०१७ का दिन दुबईको ईम्पिरियल सुईट होटलमा विगतमा जस्तै यसपाली पनि ३५ औं मगर दिवस भव्य रुपमा मनाउने भएको छ । प्रथम सहिद लखन थापा मगरको १४० औं स्मृति तथा विविध सांगीतिक माहौलमा नेपाल मगर संघ शाखा युएईको आयोजनामा मनाउन लागिएको हो ।
प्रवासको भूमिमा पनि सम्पूर्ण मगरहरुलाई ऐक्यबद्धता गर्दै मगरहरुको कला, संस्कृति, मौलिक भाषा र भेषभुसाहरुको जर्गेना गरेको पाईन्छ । दैनिक आ–आफ्नो ड्यूटीका बावजुद पनि परिआउने समस्याहरुको समाधान गर्दै लगभग ५० हजार मगरहरुको नेतृत्र गर्दै आएका छन् नेपाल मगर संघ शाखा युएईले । स्थापनाकालदेखि अन्य संघ संस्थाहरुसंग सहकार्यसंगै मगरहरुको उत्थान गर्दै आएका छन् । गत महिना मात्र माघे संक्रान्ति मनाएका थिए भने आउने २४ फेब्रुअरीका दिन फेरी दुबईमा मगर संगीतमय रहने छ ।
सो अवसरमा नेपालबाट आउने अतिथि नेपाल मगर संघका अध्यक्ष नविन रोका मगरको बिशेष उपस्थिति र अतिथि कलाकार मोडल तथा नृत्यगना आरुषी मगरका साथ स्थानीय ख्यातिप्राप्त कलाकारहरुको वेजोड प्रस्तुतिहरु रहने छ । उक्त कार्यक्रममा बिशेषगरी मगरहरुको संस्कृति झल्कने खालका प्रस्तुतिहरुका साथै मौलिक भेषभुसामा सजिएको देख्न पाईने छ । युएईस्थित कार्यरत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै समाचारको आधारमा महासचिव एच.बी. मगरले उपस्थितिका लागि निमन्त्रणा समेत गरेका छन् ।
-लालबहादुर ढेंगा