हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

तामाङ भाषाको चलचित्र ‘देन्बा माया’ प्रदर्शनीमा रोक्का

काठमाडौं । तामाङ भाषाको चलचित्र ‘देन्बा माया’ शनिबार बिशेष प्रदर्शन हुन सकिएन । चलचित्रलाई चलचित्र विकास बोर्डमा सेन्सर नगरेको भन्दै गृह मन्त्रालयको आदेशमा शो गर्न नदिइएको बताए । चलचित्रलाई शनिबार राष्ट्रिय नाचघरमा औपचारिक कार्यक्रमको साथमा दिउँसो च्यारिटी शो गर्ने भनिएको थियो । उक्त कार्यक्रम तथा च्यारिटी शोको प्रमुख अतिथि व्यावस्थापिका संसदका सदस्य दलित जनजाति पार्टीका अध्यक्ष यशोदा कुमारी लामा थियो । लामाले गृह मन्त्रालय र संचार मन्त्रालयमा पटकपटक चलचिल प्रदर्शनको लागि आग्रह गरे पनि यसले पूर्णता पाउँन सकिएन ।

पहिलो चरणको औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामा, चलचित्र विकास बोर्डका अध्यक्ष अमृत सुनुवार, आदिवासी चलचित्र महासंघका उपाध्यक्ष तथा खलनायक विकु थोकर लगायतका अतिथिहरुले राज्यले जातिय भेदभाव गरेको छ, दमान गरेको छ, यसरी देश नचल्ने बताएका छन् । ‘यस्तो शोसन र दमन गर्नेलाई हामी तामाङ एक हुन जरुरी रहेको बताए ।’ तामाङको पहिचानलाई लात हानेको बताए । अहिलेसम्म तामाङ चलचित्रहरु सेन्सर नगरे पनि आफ्नो औपचारिक कार्यक्रम गरेर चलाउन पाउने आयोजकको भनाइ छ ।  अहिलेसम्म यसरी च्यारिटी गर्दा सेन्सर कुनै पनि चलचित्रले गरेको पाएको छैन् । त्यसैले यो चलचित्रलाई पनि सेन्सर गरेको थिएन । तामाङ सुपरस्टार डम्फु मिडिया प्रा.लि.को यो तेस्रो र रोशी फिल्मस् प्रा.लि. को एघारौं भेट निर्देशक/नायक अमिर दोङको निर्देशनमा निर्माण गरेको चलचित्र हो ।

चलचित्र प्रदर्शनको पर्खाइमा एक हजारको हराहरीमा दर्शकको भिड थियो । चलचित्रलाई आम दर्शकमाझ देखाउन नपाउँदा निकै दुख र आम माफी मागेको आयोजकले जानकारी दिए । यस्तो राम्रो काम गर्दा विचमा आलु खाने किरा पसेको आयोजकको भनाइ छ । किराले विगारेको छ । चलचित्रलाई केही दिनमै सेन्सर गरेर आम दर्शकलाई शो गर्ने आयोजकले जनाएको छ । ठुलो रकम खर्च गरेर हलको व्यवस्था गरेको छ, यसले समस्त चलचित्र जगतमा नकारात्मक सन्देश गएको छ ।

देन्बामाया हेर्न हत्तारहत्तारमा हलमा पासेका हाँसिलो मुहारका हजारौं दर्शकहरु केही घण्टापछि अँध्यारो मन गरेर निस्किन बाध्य बनाए । तामाङ चलचित्र उद्योगमा यस्तो भएको पहिलो घटना हो, याे एेतिहासिक पनि हो ।

औपाचारिक कार्यक्रममा भरखरै सम्पन्न मिस तामाङ २०१७ का विजेता, संचारकर्मी लगायतका व्यक्तित्वहरुलाई सम्मान गरेको थियो । @ अमिर योन्जन / शैलुङअनलाइन |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution