बलिप्रथा र यसको यथार्थ

डा. जनार्दन उपाध्याय
सर्वप्रथम बलि शब्दको अर्थ बुभ्mनु आवश्यक देखिन्छ । बलि भन्ने बित्तिकै आजभोलि केवल देवीदेवताको मन्दिरमा गरिने पशु हिंसा भन्ने बुभ्mने गरिन्छ । तर बलि शब्दको अर्थ एउटा मात्र नभएर अनेक हुन्छ । बलि शब्दको कर, पूजा, उपहार, त्याग र पौराणिक कालका दैत्यका एक राजा आदि अर्थ हुन्छ । देवतालाई दिइने पशुबलि मात्र अर्थ हुँदैन । बलि भनेको त्याग भन्ने नै बुझनुपर्ने हुन्छ । जस्तो हाम्रो समाजमा प्रचलित एउटा भनाइ छ “आप्mना सन्तानको उज्जल भविष्यका लागि बाबु–आमाले आप्mना सम्पूर्ण सुखलाई बलि दिएका हुन्छन् । ” यो भनाइबाट बलि शब्दको अर्थ त्याग्नु, समर्पण गर्नु वा सुम्पिनु भन्ने स्पष्ट हुन्छ । यति हुँदाहुँदै नेपाली समाजमा हाल यो शब्दको अर्थ केवल पशुबलिको अर्थमा मात्र सीमित हुन पुगेको देखिन्छ ।
शास्त्रहरूमा वर्णित विषयलाई केलाउँदा देवी–देवतालाई दिइने बलिकै कुरा गर्ने हो भने केबल पशुबलि मात्र अर्थ लाग्दैन । यसमा विभिन्न पशु, पक्षी, किरा लता, वनस्पति आदि पर्दछन् । यस्ता वस्तुहरू कसलाई कुन वस्तु अर्पण गर्ने भन्ने विषयमा विभिन्न ग्रन्थमा विस्तृत वर्णन गरिएको पाइन्छ । पशुबलि प्रदान गर्दा भने पशुलाई कौशिक मन्त्र सुनाएर बलियोग्य बनाउनु पर्दछ । अनि सो पशु बलिदिन योग्य भएपछि मात्र समर्पण गर्नुपर्ने हुन्छ भन्ने कुरा पनि पुस्तकमा उल्लेख छ । गरुडपुराणमा महाकौशिक मन्त्रको परिचय दिइएको छ जुन मन्त्र यस प्रकार छ
—“ॐमहाकौशिकाय नमः । ॐहूं हूं प्रस्फुर लल लल कुल्व कुल्व चुल्वचुल्व खल्लखल्ल मुल्व मुल्व गुल्व गुल्व तुल्व तुल्व पुल्ल पुल्ल धुल्व धुल्व धुम धुम धमधम मारय मारय धकधक वज्ञापय वज्ञापय विदारय विदारय कम्प कम्प कम्पय कम्पय पूरय पूरय आवेशय आवेशय ॐह्रीं ॐह्रीं हं वं वं हुं तट तट मद मद ह्रीं ॐहूं नैर्ऋताय नमः (व्यासः, गरुडमहापुराण, अध्याय १३४, पूर्वखण्ड, आचारकाण्ड, पृ.८३ ) यसरी महाकौशिकमन्त्र सुनाउँदा पशु बलि दिन योग्य भयो वा भएन भन्ने परीक्षण गरेर मात्र पशु छोड्नु पर्दछ भनिएको छ । यसरी परीक्षण गर्दा जब पशु योग्य भयो भन्ने प्रमाणित हुन्छ तब मात्र सो पशु बलियोग्य भयो बन्ने बुभ्mनु पर्दछ । तर आज भोलि समाजमा यस्तो विधिलाई अपनाएको देखिँदैन । अझ भन्ने हो भने देवीदेवतालाई बलि नदिई मासुकै लागि जथाभावी पशुवध गर्ने संस्कार समाजमा हाबी भएको देखिन्छ । पशु बलि अर्थात् पशु समर्पण विषयक सन्दर्भमा बृहत्पुरश्चर्यार्णव नामक पुस्तकमा देवीपूजाविधिको प्रसङ्गलाई लिएर देवीको पूजा गरिसकेपछि महिषासुरको पूजा गर्नू र देवीलाई पशुहरू र पक्षीहरूको बलि दिनू भन्ने कुरा यसरी लेखिएको छ–
“ततोऽनु सर्वपूजान्ते पूजयेन्महिषासुरम् । । बलिं दद्यात् स्वशक्त्या च पशूनपि खगानपि । ।”
.प्रतापसिंहशाहः, बृहत्पुरश्चर्यार्णवः, चतुर्थ खण्डः, (काष्ठमण्डपः, धनशम्शेर राणा, वि.सं.२०३०) पृष्ठ १०३ ।
बलि तीन प्रकारका हुन्छन् वैदिक, स्मार्त र तान्त्रिक । तान्त्रिक विधि आठ प्रकारका हुन्छन्– नरबलि, महिषबलि (राँगो), सुँगुर, बोको, भेडो, सारस, परेवा र कुखुरा । तर यो केवल एउटा पक्ष मात्र हो । बलि पशुको मात्र नभएर विभिन्न वस्तुको गर्नु पर्दछ भन्ने विषयमा शिवले पार्वतीलाई बताएको विषयवस्तुलाई आधार मानेर कसलाई कुन कुराको बलि उपयुक्त हुन्छ भन्ने कुरा विस्तृत रूपमा वृहत्पुरश्चर्यार्णवः नामको पुस्तकमा यसरी लेखिएको छ –
स्वयम्भूलाई सिंहको बलि ः दिनु पर्दछ भने विष्णुको लागि बोको दिनु पर्दछ । यसैगरी इन्द्रलाई घोडा, परमेष्ठिलाई गैंडा, भैरवलाई सुँगुर, प्रमथगणका लागि स्याल, बुद्धिलाई हात्ती वा चितुवा, गणेशलाई भालु, यक्षलाई रातो मृग, स्कन्दकुमारलाई गोही, विश्वेदेवलाई युद्ध, विनायकलाई कृष्णसार, वेताललाई राँगो, गुह्यक गणलाई पानी, इन्द्राणीलाई दुम्सी, रोहिषलाई मृग, तुषितगणलाई माछा, दानवहरूलाई छेपारो, दैत्यलाई बाज, हिरण्यगर्भलाई माकुरो वा शरभ, ईशान(शिव) लाई पाउको पूजा, रुद्रका लागि रुरु जातको मृग, शिवलाई गोकर्ण जातको सर्प, साध्य गणलाई गवय, भासुरहरूलाई सृमर नामको पशु, वसुहरूलाई भालु, बृहस्पतिलाई गवय, प्रजापतिलाई हात्ती, साध्यगणलाई कुरङ्ग जातको मृग, विश्वकर्मालाई ऊँट, श्राद्धीय विश्वेदेव पितृगणलाई गोरु, अग्निलाई कुटरु नामको चरो, प्रचेतालाई चखेबा, गार्हस्पत्य अग्निलाई स्त्रीपशु, दाक्षिणात्य अग्निलाई चीनक जातको मृग वा धान, आहवनीय अग्निलाई याक वा कोइरालो वृक्ष, अर्यमालाई खरायो, वायु देवतालाई बकुल्लो, सोमलाई हाँस, चन्द्रलाई जाइफल वा ल्वाङ, वरुणलाई लेकपाङ्ग्रो, मित्र देवतालाई कुचिला, अग्नि सोमलाई नीलकण्ठ चरो, इन्द्र अग्निलाई क¥याङ्कुरुङ, मित्र देवतालाई पानी चरो वा पानी सर्प, त्वष्टा देवतालाई कुलीक नामक पक्षी, आदित्यलाई न्यङ्कु नामको मृग, यमलाई कस्तुरी मृग, प्रजापतिलाई गौ, वायुलाई मृग, अश्विनीकुमारलाई मयुर, पूषा देवतालाई स्याल, निर्ऋतिलाई गधा, मित्रावरुणलाई परेवा, देवपत्नीहरूलाई गोही, सवितालाई माली अर्थात् बगैंचे, देवयोनीहरूलाई कुलीक नामको चरा, अप्सराहरूलाई राजनीतिक नेता, अन्तरिक्षलाई जोतारो, भूमिलाई मुसा, स्वर्गलाई कोर्रा, दिशाहरूलाई र विदिशाहरूलाई न्याउरीमुसो, जललाई माछो, तेजलाई होमीय सर्प, सामान्य काललाई जल, काललाई चील, वर्षलाई गरुड, महिनालाई काकाकुल, वसन्त ऋतुलाई तित्रो, ग्रीष्म ऋतुलाई भँगेरो, वर्षा ऋतुलाई तित्रो, शरद ऋतुलाई पोथी बट्टाई, हेमन्त ऋतुलाई क¥याङ्कुरुङ, शिशिर ऋतुलाई सिरीसको वृक्ष, पक्षलाई बाहुनी चरी, अयनलाई सारस चरो, दिनलाई परेवा, रात्रिलाई सीरायु, सन्ध्यालाई जुका, तिथिलाई भगवान् विष्णु, यामलाई संसारको सुख, संक्रान्तिलाई कोइली, ग्रहहरूलाई बँदेल, नक्षत्रहरूलाई तारा, राशिहरूलाई तिलादि द्रव्य, लग्नहरूलाई पशुहिंसन, समुद्रलाई घडियाल गोही, नदीलाई तिमिङ्गिल नामको माछो, भुँमरीलाई गोही, छालहरूलाई शङ्कुल नामको जल जन्तु, पातालका देवताका लागि ऊँट, शिवको ताण्डव नृत्यका लागि शङ्कु, मेघहरूलाई भ्यागुतो, वर्षालाई पृथ्वीका लहरा, विद्युत्का लागि मेघ, शनिलाई भद्राइ चरा, सिनीवालीलाई माझीभाटो आदि, कुहूलाई ढुंग्रीफोर चरा, (सिनीवाली र कुहू अमावस्याका भेद) राकालाई रातो सुगा, अनुमतीलाई जीवञ्जीव नामको चरा विशेष, (राका र अनुमती पूर्णिमाका भेद हुन्), प्रेतहरूलाई कलञ्ज नामक पक्षी, पिशाचहरूलाई बकुल्लो, भूतलाई न्याउली चरी, ब्रह्मराक्षसलाई कुखुरा, गन्धर्वलाई कोइली, बँदेललाई काग, क्षेत्रपाललाई बट्टाई, वटुकभैरवलाई कुखुरा बलि दिनु पर्दछ । जति पनि परजीवीहरू छन् तिनीहरूलाई भुँडीफोर बलिदिनु पर्दछ ।
त्यसैगरी जीवात्मालाई छुचुन्द्रो, जललाई शरभ, डाकिनीहरूलाई चील, किन्नरलाई तक्षक नाग, योगिनीलाई हिमाली भूभाग वा त्यहाँ बस्ने जीव, निधिलाई हुटिट्याउँ बलि दिनु पर्दछ । यस्तै इन्द्रियहरूको बारेमा बलिको व्यवस्था सम्बन्धी वर्णन गरिएको छ । जस्तै चक्षुलाई भुसुना, श्रोतेन्द्रियलाई भ्रमर, घ्राणेन्द्रियलाई मौरी, रसनेन्द्रियलाई जौको पिठो, त्वगेन्द्रियलाई झिँगा, मनलाई पुतली जस्ता उड्ने किरा, वाक् इन्द्रियलाई बकुल्लाको जस्तो चुच्चो भएको चरा, हातलाई भ्mयाउँकिरी, गोडालाई जूनकिरी, पायु इन्द्रियलाई जुम्री, उपस्थ इन्द्रियलाई चील, वनस्पतीहरूलाई जेठीमधु, लहराहरूलाई हरिचन्दन, औषधिहरूलाई उडुस, रुखहरूलाई कमिला, झाडीहरूलाई जटामसी, पर्वतहरूलाई स्वच्छ पानी, पूतनालाई शव, राक्षसीहरूलाई सर्प, षष्ठीदेवीलाई भर्खर जन्मिएको शिशु, बालग्रहलाई शङ्ख, गरुडलाई चखेबी, मातृगणलाई हरिचन्दन, विद्याधरलाई सुँगुर, यज्ञलाई सुगा, अरुणलाई गिद्ध, नरकलाई एक प्रकारको सारस, राजालाई बाँदर, दुर्गम बाटालाई भ्यागुतो, भेडा वा बानर अथवा चरा बलि दिनु पर्दछ अर्थात् सुम्पिनु पर्दछ ।
” प्रतापसिंहशाहः, बृहत्पुरश्चर्यार्णवः, चतुर्थ खण्डः, (काष्ठमण्डपः, धनशम्शेरराणा, वि.सं.२०३०) पृष्ठ ११८–१२२ ।
उपर्युक्त वलिवस्तु विषयक वर्णनलाई हेर्दा बलिको अर्थ हिंसा अर्थात् पशुको वध गरेर देवी वा देवतालाई रगत चढाउने भन्ने कुरा गलत हो भन्ने कुरा स्पष्ट हुन्छ किनभने माथि वर्णन गरिएका वलिवस्तुहरू मध्ये “विश्वेदेवहरूलाई युद्ध” बलि दिनू भन्दा यहाँ युद्धलाई कुनै काट्ने पशुको रूपमा लिन मिल्दैन । यस्तै “शिवलाई गोकर्ण जातको सर्प” भन्दा पनि शिवलाई सर्प काटेर भोग दिनु भन्ने अर्थ लाग्दैन, शिवलाई सर्पको उपहार दिनु भन्ने अर्थ लाग्छ । यसै गरी सवितालाई माली अर्थात् बगैंचे, अप्सराहरूलाई राजनीतिक नेता, षष्ठीदेवीलाई भर्खर जन्मिएको शिशु, तिथिलाई भगवान् विष्णु जस्ता कुराले बगैंचे, राजनीतिक नेता र भर्खरै जन्मिएको शिशुलाई काट्नु भन्ने अर्थ कुनै हालतमा पनि लाग्दैन । यसको अर्थ हो उक्त देवताहरूलाई प्रिय लाग्ने को को हुन् ? र उनीहरूलाई ती ती व्यक्तिहरू दिनु उपयुक्त हुन्छ भन्ने बुझिन्छ । यस्तै यामलाई संसारको सुख बलि चढाउनु भनेको काटमार गर्नु भन्ने होइन, सुख त्याग गर्नु भन्ने बुझिन्छ । अन्य बलिवस्तुहरूमा कोइरालो वृक्ष, जाइफल, ल्वाङ, लेकपाङ्ग्रो, कुचिला, कोर्रा, जल, सिरीसको वृक्ष, तिलादि द्रव्य, पृथ्वीका लहरा, मेघ, माझीभाटो, हिमाली भूभाग, जौको पिठो, जेठीमधु, हरिचन्दन, जटामसी, स्वच्छ पानी जस्ता बलिवस्तुको उल्लेखबाट यी वस्तुहरू काटेर यिनको रगत चढाउनु भन्ने अर्थ कदापि लाग्दैन । यी वस्तुहरू प्रदान गर्नु भन्ने अर्थ स्पष्ट हुन्छ ।
समष्टिमा हेर्दा बलि शब्दको अर्थ र यसको मर्म के हो ? भन्नेतर्पm कुनै विश्लेषण र विचार नै नगरी हाम्रो समाजमा पशुको घाँटी छिनालेर देवताको मन्दिर रगताम्य पार्ने र मासु खाने परम्परा कहिलेबाट जन्मियो र विकसित हुँदै आयो यसतर्पm ध्यान दिनु सभ्य र धर्मनिष्ठ आर्यहरूका लागि चुनौतीको विषय भएको छ ।