संघीय समाजवादीका वैकल्पिक केन्द्रीय सदस्य मन बहादुर पुन नयाँ शक्तिमा प्रवेश

काठमाडौं – संघीय समाजवादी पार्टीको वैकल्पिक केन्द्रीय सदस्य तथा संघीय प्रेस युनियनका कोषाध्यक्ष मन बहादुर पुन मगर नयाँ शक्तिमा प्रवेश गर्नुभएको छ ।
संघीय समाजवादी पार्टी स्थापनादेखि नै सक्रिय रुपमा कार्यरत रहनुभएका मगरले अब पुराना राजनीतिक पार्टीहरुबाट देशको राजनीतिक परिवर्तन र आर्थिक समृद्धि संभव नहुने भन्दै उहाँ नयाँ शक्तिमा प्रवेश गर्नुभएको हो । अब पुराना दलहरुबाट देशको विकास र समृद्धिको एजेण्डा अगाडि बढ्न नसक्ने ठहर गर्दै आफू नयाँ शक्तिमा समाहित भएको जारी प्रेस विज्ञप्ती उल्लेख छ ।
‘नेपाली समाजको बनावट अनुसारको राजनीतिक समावेशिता र आर्थिक समृद्धिको मुख्य एजेण्डामा अबको वैकल्पिक शक्तिका रुपमा स्थापित नयाँ शक्ति पार्टी नेपालले मात्र नेतृत्व गर्न सक्छ भन्ने विश्वासका साथ आजकै मितिदेखि संघीय समाजवादी पार्टीको सदस्यता समेत नरहेनगरी नयाँ शक्ति पार्टीमा प्रवेश गरेको घोषणा गर्दछु’ उहाँद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
मगरलाई नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईसहित नयाँ शक्तिका नेताहरु परशुराम तामाङ, खिमलाल देवकोटा, नवराज सुवेदीले पार्टी प्रवेश गराउनु भएको हो ।