हेडलाईन

प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न        

बरियता मिचेर जयबहादुर चन्दलाई आईजीपीमा सिफारिस गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) कसलाई बनाउने भन्नेबारेमा विवाद भइरहेका बेला गृहमन्त्री विमलेन्द्र निधी जयबहादुर चन्दको पक्षमा उभिएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको वचन हार्न नसकेपछि गृहमन्त्री निधीले गृहसचिव लोकदर्शन रेग्मीलाई डीआईजी जयबहादुर चन्दका नाममा प्रस्ताव तयार पार्न बिहीबार निर्देशन दिएका छन् ।

‘गृहमन्त्रीज्यूले डीआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्तिका लागि टिप्पणी उठाउन गृहसचिवज्यूलाई निर्देशन दिनुभएको छ,’ गृहमन्त्रालय स्रोतले बताएको छ |

गृहमन्त्री निधीले बिहीबार साँझ बसेको क्याबिनेट बैठकमै चन्दलाई आइजी बनाउने प्रस्ताव ल्याउन लागेका थिए । तर, समयाभावले प्रस्ताव पेश हुन नसकेको र आइतबारसम्म सरेको स्रोतले  बतायो ।

प्रहरी महानिरीक्षकका दाबेदारहरुमध्ये चन्द तेस्रो बरियताका डीआईजी हुन् । पहिलो बरियताका डीआइजी नवराज सिलवाल र दोस्रो बरियताका डीआइजी प्रकाश अर्यालको रोलक्रम मिचेर चन्दलाई आइजीमा सिफारिस गर्न लागिएको हो ।

प्रधानमन्त्री प्रचण्ड प्रहरीको चेन अफ कमाण्ड बिगार्न नहुने अडानमा छन् । यही अडानका कारण देउवासँग विवाद चर्किएपछि प्रधानमन्त्रीले विहीबार बिहानै मुख्यसचिव सोमलाल सुवेदीलाई बालुवाटारमा बोलाएर क्याबिनेट बैठक स्थगित गर्न भनेका थिए ।

तर, सत्य निरुपण आयोगको म्याद बिहीबार नै थप्नुपर्ने बाध्यकारी अवस्थाका कारण विहीबार अपरान्ह मन्त्रिपरिषद बैठक त बस्यो, तर त्यसले आइजीपीबारे कुनै छलफल गरेन ।

सशस्त्रको आइजीमा सिंहबहादुर लगभग पक्का

यसैवीच सशस्त्र प्रहरीको नयाँ आइजीपीसमेत सरकारले आइतबार नै नियुक्त गर्ने भएको छ । सशस्त्रको आइजीका लागि पहिलो बरियतामा रहेका एआएजी सिंहबहादुर श्रेष्ठको नाममा गृहले टिप्पणी उठाउँदैछ ।
स्रोतका अनुसार सशस्त्रको आइजीमा माओवादीले र जनपथ प्रहरीको आइजीमा नेपाली कांग्रेसले भागवण्डा गरेका छन् । कांग्रेसभित्रको कोइराला खेमा नवराज सिलवाललाई आइजीपी बनाउनेपर्ने पक्षमा छ भने देउवा जयबहादुर चन्दलाई आइजीपी नबनाइए गृहमन्त्रीको राजीनामा माग्ने तहसम्म ओर्लिएका छन् ।

जयबहादुर चन्दले आफूलाई आइजीपी बनाइए आगामी चुनावमा कांग्रेसलाई बहुमत बनाइदिने आश्वासन देउवालाई दिएका छन् । साथै उनले आफू सुदुरपश्चिमको भएको बताउँदै आएका छन् ।

यसका साथै केहीसाता अघि डीआइजी चन्दले गरेको भारत भ्रमणलाई पनि आइजीपी नियुक्ति प्रकरणसँग जोडेर हेर्ने गरिएको छ । @ अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution