तामाङ ल्होछारमा सहभागी हुना सांसद तीर्थ लामा र जयनन्द लामा यूएई पुगे

तामाङ समाज युएई द्वारा आयोजित ल्होछार साँझ – २०१७ कार्यक्रमका लागि माननीय संसद तीर्थ लामा र लोकप्रिय बरिष्ठ कलाकार जयनन्द लामा यूएई पुग्नु भएको छ |
उहाँहरूको स्वागतमा तामाङ समाज यूएईका अध्यक्ष महेश मोक्तान, तृतीयअध्यक्ष सुरेन्द्र थिङ, केन्द्रिय सदस्य भिम दोङ, अल ऐन क्षेत्रीय समितिक अध्यक्ष मणि लामा, शेर्पा किदुग यूएईका अध्यक्ष पासाङ शेर्पा, काभ्रे सम्पर्क समिति यूएईका अध्यक्ष दिल वाईबा लगायतका पदाधिकारीहरूको एयरपोर्ट पुगेका थिए |
यहि आउँदो १० फेव्रुअरी २०१७ (शुक्रबार) बरदुबई स्थित ईम्पेरीयल स्वीट होटलमा दिनको ३ बजे देखि “ल्होछार साँझ – २०१७” कार्यक्रम भव्यताका मनाउने भएको छ |