इजरायलमा आयोजित तामाङ ल्होछार कार्यक्रमको भिडियो
तेलअविव – नेपाल तामाङ घेदुङ इजरायल द्वारा गत हप्ताको शुक्रबार अर्थात् ३ फेब्रुअरी २०१७ मा तेल अविव इजरायलमा आयोजित तामाङ समुदायको साँस्कृतिक एवं धार्मिक महान राष्ट्रिय पर्व २८५३ सोनाम ल्होछार साँझ कार्यक्रमको भिडियो (भाग – १) ,बिशाल काल्तान तामाङ लगायत अन्य कलाकारहरुको प्रस्तुति क्रमश आउने छ |
कार्यक्रममा नेपालबाट आमन्त्रित राष्ट्रिय चर्चित गायक बिशाल काल्तान तामाङले तामाङ भाषाको गीत , तामाङ सेलो र नेपाली गीतहरु गाउनु भएर मनोरंजन दिएका थिए | साथै स्थानीय नेपाली कलाकारहरुले तामाङ भाषाको गीत ,साँस्कृतिक रिमठीम झल्कने गीत , तामाङ सेलोमा निर्त्य , म्हेन्दो माया गीतमा सामुहिक निर्त्य , नेपाली भाषाको गीत गायन तथा नेपाली गीतहरुमा निर्त्य समेत गरी भरपुक मनोरंजन प्रदान गरेका थिए |