हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

हिजो- चुनाव हुन्छ, आज- मोर्चा नआएसम्म हुँदैन,बोली फेर्दै प्रधानमन्त्री

काठमाडौं, २६ माघ । मंगलबार निर्वाचन आयोगमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दलका नेता समक्ष निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरे । निर्वाचन सम्बन्धी ऐन बनिसकेको, सरकारले निर्वाचन आयोगलाई निर्वाचनको तयारी थाल्न आग्रह गरेको लगायतका तथ्य सुनाउँदै प्रधानमन्त्रीले जेठभित्र स्थानीय निर्वाचन हुने दाबी गरेका थिए ।

सरकार निर्वाचन नगर्ने भित्रि योजनामा रहेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीको चर्को आलोचना गर्दै आएको छ । सरकार निर्वाचन टारेर सत्ता लम्ब्याउने योजनामा रहेको एमालेको आरोप छ । एमालेको आरोपलाई बल पुग्ने गरि र हिजो आफैले निर्वाचन गरिछाड्ने भनेर दिएको अभिव्यक्तिको ठिक विपरित प्रधानमन्त्री दाहालले तत्काल स्थानीय निकायको निर्वाचनको मिति नतोकिने बताएका छन् । बुधबार चितवन पुगेर प्रधानमन्त्री दाहालले संविधान संशोधन नभएसम्म निर्वाचनको मिति तोक्न नसकिने बताएका हुन् । माओवादी केन्द्र निकट प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले संविधान संशोधन नभएसम्म निर्वाचनको मिति तोक्नु उचित नहुने बताए । प्रधानमन्त्रीले भनेजस्तै संविधान संशोधनपछि मात्र निर्वाचनको मिति तोक्ने हो भने अब स्थानीय निर्वाचन नहुने संभावना बलियो बन्दै गएको छ । किनभने सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव पारित हुन दुई तिहाइ बहुमत आवश्यक पर्छ, जुन सरकारमा सहभागी र सरकारलाई बाहिरै बसेर समर्थन गरेको दलको संख्या जोड्दा पनि पुग्दैन ।

संविधान संशोधन गर्न ३९८ मत आवश्यक हुन्छ । जुन सत्ता पक्षसँग छैन । प्रधानमन्त्रीले मधेसी मोर्चाले नमानेका कारण निर्वाचनको मिति घोषणा गर्न नसकिएको बताएका छन् । उनले मोर्चा सहभागी नुहने हो भने निर्वाचनको मिति तोक्नुको अर्थ नहुनेसमेत बताएका छन् । मधेसी मोर्चासँग सहमति बनेपछि मात्र निर्वाचनको मिति घोषणा गरिने उनको भनाई छ । तर मधेसी मोर्चाले उठाउँदै आएका कतिपय मागप्रति सरकारकै असहमति छ । सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गर्नुपर्ने अडान मोर्चाको छ । तराईबाट पहाडी जिल्ला अलग गराउने गरी सरकारले पाँच नम्बर प्रदेश विभाजनको प्रस्ताव गरेको छ, जसको व्यापक विरोध भइरहेको छ । सो प्रस्तावको सत्ता पक्षकै नेताहरुले विरोध गरेका छन् ।

प्रधानमन्त्रीले निर्वाचनको रट लगाएर भित्रभित्र बजेटलाई प्राथमिकता दिएको चर्चा छ । केपी ओली नेतृत्वको सरकारले ल्याएको लोकप्रिय बजेटका कारण जनमत एमालेको पक्षमा जाने आँकलन गर्दै सरकारले त्योभन्दा पनि लोकप्रिय बजेट ल्याएरमात्र निर्वाचन गर्ने भित्रि योजना रहेको एक मन्त्रीले जानकारी दिए । मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभएसम्म निर्वाचनमा भाग नलिनेमात्रै होइन निर्वाचन हुनै नदिने चेतावनी दिँदै आएको छ । मोर्चाको यो अडानले सरकारलाई निर्वाचन मिति घोषणा गर्न हम्मे पारेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution