हेडलाईन

प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न        

वैदेशिक रोजगारीको कथा र दर्दनाक ब्यथा

पहिलो घटना: २०७३ पुस २९ गते, सुकेधारास्थित म्यानपावर एजेन्सीमार्फत टर्की पुगेका १९ जना नेपालीलाई काठमाडौंको एयरपोर्टमा ओरालियो । उनीहरूमध्ये केहीले, साँढे चार लाख प्रति व्यक्ति उक्त कम्पनीलाई बुझाएका थिए । उनीहरूलाई पुसको १५ गते त्यसतर्फ उडाइएको थियो, ती सबैलाई टर्कीमा ड्राइभरको काम दिने प्रलोभनमा पठाइएको थियो । ती मध्ये, एकजनाको श्रीमतीलाई म राम्रैसंग चिन्दछु, उनीसंग हरेक हप्ता जसो एक/डेढ घन्टा भेट हुन्छ ।

त्यो शनिबार, उनीसंग भेट हुने बित्तिकै सोधें, ‘तिम्रो श्रीमानको केही खबर आयो ?’ उनको जवाफ थियो, ‘काँनि, हिजै आइसक्नु भयो ।’उनको जवाफले मलाई दिक्क बनायो । उनको श्रीमान ट्याक्सी चलाउँथे । उनले भने अनुसार, दिनको हजार बाह्र सय साहुलाई बुझाएर पनि महिनाको झन्डै ४५ हजार आम्दानी हुन्थ्यो । श्रीमती अन्य घरमा गएर घरधन्दाको काम गर्थिन् । दुईवटा स–साना छोराहरूसहित चारजनाको परिवार, अरुको घरमा बसेर पनि राम्रैसंग चलेकै थियो । बसेको ठाउँको भाडा तिर्नु पर्दैनथ्यो । बरु त्यसको साटो श्रीमतीले त्यस घरका दुईजना परिवारको घरधन्दा गरिदिन्थिन् । तर, त्यतिले पुगेन, उनको श्रीमानलाई बिदेश गएर धेरै कमाउने धुन चल्यो । तिहारको लगत्तै, ऋण खोजे, दलाललाई बुझाउने पैसा बाहेक, मेडिकल गर्न, लुगाफाटो किन्न र अरु भैपरी आउने खर्च गर्दा अरु डेढ लाख जति सकियो । झन्डै ६ लाखको ऋण तिर्न, महिनाको लाखको पच्चीस सयको हिसाबले व्याज बुझाउनु पर्ने गरी पैसा लिएका थिए ।

अब फर्किए, म्यान पावरले पैसा फिर्ता गरेको छैन, साँढे चार लाखमा डेढ लाख कटाएर बाँकी रकम दुई किस्ता गरेर दिने भन्ने आश्वासन दिएको छ । यो क्रममा तीन महिनाभन्दा बढीको समयमा त्यो परिवारको ठूलो आर्थिक स्रोत, श्रीमानको कमाई छुट्यो र परिवार अझै बढी आर्थिक अभाव र गरिबीको दलदलमा फस्यो । यहाँ त्यो म्यान पावर र व्यक्तिको नाम नलेख्नुको कारण, ती परिवारलाई यही कारणले रकम फिर्ता लिन कठिनाई नहोस् भन्ने हो ।

दोस्रो घटना: यो चाहिं चिनेको व्यक्तिको होइन, कसैले सुनाएको सत्य घटना । एउटी महिला, दलाललाई पैसा खुवाएर बल्लतल्ल अमेरिका पुगिन् । सबैलाई थाहै छ, दलालमार्फत अमेरिका लग्ने वा जान चाहनेहरूले थोरैतिनो रकम तिरेर जान सक्दैनन् । अमेरिका पुग्दा उनी बाटोमा बलात्कृत भएको २० हप्ताको गर्भ लिएर पुगिछन् । यहाँबाट सोचेजस्तो, अमेरिकामा सजिलै गर्भ तुहाउने वा औषधि खर्च प्राप्त हुने होइन । यता परिवार भएकी उनलाई आफूमाथि भएको यातनाले पाएको दु:खसमेत भन्न गाह्रो भयो । मानसिक तनाव, शारीरिक यातना र आर्थिक अभावको भूमरीमा हतास भइसकेकी उनलाई बल्लतल्ल कुनै संस्थाले त्यो बलात्कृत गर्भ तुहाउन सहयोग गरेछ । तर त्यो पहाड जस्तो जिन्दगीको पीडा उनी अहिले पनि भोगिरहेकी छिन् । उनले यहाँबाट सोचेजस्तो अमेरिका पुग्ने बित्तिकै ‘डलर टिप्ने बोट’ हुँदैन भन्ने तथ्य त्यहीँ नपुगी थाहा हुँदैन । उनको जीवन कसरी सुचारु रुपले चल्ला, कसरी पारिवारिक मिलन होला, त्यो कुरा हालसम्म भविष्यकै गर्भमा छ ।

यहाँनिर यो पनि स्पष्ट पारौं, यहाँ बसेर अमेरिकामा ‘घन्टाको यति डलर कमाइन्छ र त्यसको यति नेपाली रुपियाँ हुन्छ’ भनेर सपना देख्नु भनेको सोम शर्माले ‘सातुको घंैटो भरेर, सातु बेचेर धनी हुने’ सपना जस्तै हो । ती कुराहरू त्यहीँ नगइ बुझिदैन, यसलाई बुझाउन अति नै जरुरी भइसकेको छ ।

तेस्रो घटना:२०७३ माघ १४ गते, अमेरिकाको न्युयोर्कबाट अपडेट हुने ‘खसोखास डट कम’ले “अमेरिकी खुल्ला जेलमा नेपाली, खुट्टामा जीपीएस लगाएका नेपालीको संख्या बढ्दो’’ शिर्षकमा मार्मिक समाचार छापेको छ । जसमा भनिएको छ, “बुटवलका विनोद मल्ल (नाम परिवर्तन) केही महिना अगाडि अमेरिका छिरे, गैरकानूनी रुपमा मेक्सिकोको सीमा पार गरेर । उनी अमेरिका आइपुग्दासम्म झन्डै एक करोड रुपैयाँ खर्च भइसकेको छ । उनले नेपालमा दलाललाई ३४ लाख नेपाली रुपैयाँ बुझाए । हिंडेर अमेरिका आउने क्रममा बाटोमा पकेट खर्च ३ लाख भयो भने अमेरिका आइसकेपछि उनी अमेरिकी सुरक्षा अधिकारीहरूबाट सीमाक्षेत्रमा समातिए । त्यसपछि अमेरिकी सरकारले धरौटी वापत ४३ हजार अमेरिकी डलर लियो । त्यसपछि उनी रिहा भए त्यो पनि खुट्टामा जीपीएस सहित ।’’

स्पष्टीकरण: जीपीएस आफैंमा उपकरण होइन, जीपीएस न्याभिगेसन सिस्टम हो । जहाँ जीपीएस सिस्टम जडान गरिएको हुन्छ, त्यो स्थानको गतिबिधिलाई जीपीएस कन्ट्रोल गरिने स्थानबाट ट्रयाक गर्न सकिन्छ । अमेरिकी सरकारले सन् २००४ देखि खुल्ला जेलको अवधारणा अन्तरगत प्यारोलमा छुट्ने व्यक्तिहरूको निगरानीको निमित्त खुट्टामा जीपीएस एन्कल (ब्रेसलेट मनिटर) लगाउने नियम ल्याएको हो । यो एन्कल ब्रेसलेट, खुट्टामा लगाएर छाडिएको हुन्छ । त्यसको निगरानी प्यारोल अफिसरहरूले गरिरहेका हुन्छन् । कम खतरा भएका अपराधका आरोपित व्यक्तिहरूलाई यो लगाएर छाडिन्छ । यसको लागि ती व्यक्तिहरूलाई निश्चित घेरा बाहिर नजाने निर्देशन हुन्छ । यस्तो एन्कल ब्रेसलेट स–साना लागू औषधको व्यसनीहरूले पनि लगाएका भेटिन्छन् । कतिपय केसमा, जीपीएस एन्कल ब्रेसलेट लगाउनेहरूले दिनको निश्चित रकम सम्बन्धित काउन्टीलाई तिर्नुपर्ने हुन्छ, होइन भने, त्यो आरोपित व्यक्ति जेल नै फिर्ता पुर्‍याइन्छ । फेरि वैदेशिक रोजगारी वा विदेश मोहकै कुरो, यसमा सरकारले पनि युवाहरूलाई विदेश घचेट्ने बाहेक उनीहरूलाई यहीँ स्थापित गराउने काम गर्न सकेको छैन ।

मुलुकको अर्थतन्त्रको झन्डै ३० प्रतिशत जीडीपी रेमिट्यान्समा निर्भर रहेको देशबाट दिनको सरदर १६ सय युवा विदेश जाने अनुमान गरिन्छ । देशमा रोजगारको स्थिति बारेमा गएको मंसिर महिनामा वैदेशिक रोजगार विज्ञ, डा. गणेश गुरुङको कान्तिपुरको साप्ताहिकमा आएको अन्तर्वार्ता अनुसार, ‘सरकारले देशमा ५० हजारभन्दा बढीलाई तत्काल रोजगारी दिन सक्ने अवस्था छैन । त्यसैले, नेपालीहरू जीविकोपार्जनको अवसर खोज्दै बिदेसिन्छन् । तिनीहरू विदेश गएको कारण, एकदिनमा १ अर्ब ८२ करोड रुपैयाँ मुलुक भित्रिने गरेको छ ।’

सायद त्यसैले होला,जुन सरकार आएपनि, ‘फलानो देशमा कामदार पठाउने सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर’, ‘वीमा सुरक्षा’ जस्ता आकर्षक नारा दिएर समय कटाइ रहेको छ । यसबाट समाजमा पर्ने अरु किसिमका नकारात्मक असरहरू अर्थात, सामाजिक र मानसिक असरबारे त अझ सोचिएकै छैन । युवा मृत्यु दर त्यत्तिकै छ । छोराछोरीले बाबु र आमा दुबैको मायाँ पाएर हुर्कने वातावरणमा ह्रास हुँदै गएको छ । अब पनि यस बारेमा सचेत नभए वा यो प्रक्रिया रोक्न उचित कदम नचाले, भोलिको दिनमा यो देशको भविष्य के होला, भनेर सोच्ने बेला अब पनि भएन र ?

– अमृता लम्साल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution