कोरियामा बौद्धधर्मलम्विहरुले सयुक्त रुपमा बिशेष ल्होछार मनाउदै

सउल नेपाल बौद्ध गुम्बाद्वारा यही आउने मार्च १२ तारिक आईतवारका दिन कोरियाको सउलस्थित एलोन गङनाममा भब्य ल्होसार मनाउने तयारी गरिएको छ ।
फेब्रुवरी ५ तारिक सउलको दोङदेमुन स्थित विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले सम्पूर्ण बौद्ध धर्मालम्बीहरु लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दीदीबहिनीहरुलाई संगठित गर्दै भब्य ल्होसार विशेष सांस्कृतिक कार्यक्रम आयोजन गर्ने आयोजकले बताएको छ ।
यस ल्होसार विशेष सांस्कृतिक कार्यक्रम मुख्य उदेश्य भनेको हामी नेपाली विश्वको जुन सुकै मुलुकमा रहे पनी हामीले हाम्रो भाषा धर्म संस्कार सांस्कृतिकको संरक्षण तथा प्रवर्द्धन गर्नु पर्छ भन्ने नाराका साथ सम्पूर्ण नेपालीहरुलाई एक जूट गराई लोशार विशेष सांस्कृतिक कार्यक्रम आयोजन गरी शुभ कामना आदान प्रदान गर्नु को साथै अपासी सद्भाव बढाउनु रहेको आयोजक कमिटिले बताएको छ ।
उक्त ल्होसार विशेष सांस्कृतिक कार्यक्रममा दिवा भोजको समेत ब्यवस्था रहेको छ । सांस्कृतिक कार्यक्रम विभिन्न जात जातीको मौलिक पहिचान झल्किने खालको नृत्य हरु प्रस्तुत हुनुको साथै स्थानीय कलाकारहरुको बेजो प्रस्तुतीड रहने कमिटीका एक सदस्यले जनकारी गराए ।
सउल नेपाल बौद्ध गुम्बाद्वारा आयोजित ल्होसार विशेष सांस्कृतिक कार्यक्रमलाई भब्य सफल बनाउन कोरियामा क्रियाशील विभिन्न संघ संस्थाको प्रतिनिधि रहने गरी ङवाङ दोङबाको संयोकतमा ११ सदस्य रहने गरी समिति गठन गरिएको छ। समितिमा रहेको संघ संस्थाहरु आदिवासी जनजाति महासंघ कोरिया ,शेर्पा संघ दक्षिण कोरिया ,तामाङ संघ ,तमु धी ,मनाङ परिवार ,मुस्ताङ परिवार ,ह्योल्मो सम्पर्क समिति
नेवा पूच ,दोलखा शेर्पा बिसी सम्पर्क मञ्च दक्षिण कोरिया ,तामाङ बौद्ध महासंघ कोरिया र नुपरि समाज रहने गरी समिति गठन गरिएको छ । कार्यक्रम भब्य सफल बनाउन कमिटि आन्तरिक तयारीमा झुटेको आयोजक कमिटीले जनाएको छ |