हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायलमा तामाङ सोनाम ल्होछार भव्यताको साथ मनायो,गायक बिशाल काल्तान तामाङ सम्मानित

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायल द्वारा तामाङ समुदायको साँस्कृतिक एवं धार्मिक राष्ट्रिय महान पर्व २८५३ सोनाम ल्होछार नामे / ज्या ल्हो (चरा बर्ष ) गत शुक्रबार ३ फ्रेब्रअरी २०१७ को साँझ ल्होछार कार्यक्रमको आयोजन गरी भव्यताको साथ मनाएको छ |
संस्थाकी अध्यक्ष कल्पना मोक्तान तामाङको सभापतित्व रहेको कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतावास इजरायलको कार्यवाहक महामहिम राजदुत रामेश्वर पौडेल रहनु भएको थियो | बिशेष अतिथिहरुमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलको अध्यक्ष निर्मला गुरुङ, एनआरएन इजरायलका अध्यक्ष दिपक वली, लामा गुरु थुप्तेन तामाङ,अतिथि कलाकार बिशाल काल्तान तामाङ, अन्तराष्ट्रिय तामाङ परिषदको सदस्य सुन्दर सिंह लामा तामाङ, नेपाल तामाङ घेदुङ केन्द्रिय सदस्य लक्ष्मी योन्जन तामाङ,घेदुङ इजरायलका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक उर्मिला लामा पाख्रिन तामाङ, संरक्षक चन्द्रमाया बम्जन तामाङ, निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार बी बी लामा तामाङ रहेका थिए भने अतिथिहरुमा इजरायलमा संगठित जातीय संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, इजरायल स्थित सामाजिक ,राजनीति ,धार्मिक संस्थाका प्रतिनिधिहरु , अनलाइन मिडियाकर्मीहरु र संस्थाका संस्थापक सल्लाहकार,भूपूसल्लाहकारहरु रहेका थिए |


लामा धर्मगुरु थुप्तेन लामा तामाङबाट बौद्धधर्म अनुसार पाठपुजा गरी सुरु गरिएको कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष नानीमाया योन्जन तामाङले स्वागत मन्तव्यको साथै तामाङ र नेपाली भाषामा शुभकामना व्यक्त गरेकी थिईन् भने कार्यक्रमको प्रमुख संयोजक संस्थाकी वरिष्ठ उपाध्यक्ष माया तामाङ दिप्माले तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्वबारे प्रकाश पार्नु भएको थियो |
ल्होछार कार्यक्रमको शुभकामना दिनु हुँदै प्रमुख अतिति रामेश्वर पौडलले तामाङ समुदायको राष्ट्रिय पर्व ल्होछारको पावन अवसरमा बिदेशी भूमिमा सम्पूर्ण तामाङहरु एकै ठाउँमा भेला भई ल्होछार मनाएको खुशी व्यक्त गर्नु हुदै तामाङ भाषा,धर्म, संस्कृति र भेषभुषा समग्र नेपालीको एउटा अंग भएकोले तामाङ जातीको पहिचान बिना समग्र नेपालीको संस्कृति नै अपूर्ण हुने र बहुसांस्कृतिक नेपाली पहिचान कायम राख्न यस्ता संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नु आवश्यक रहेको बताउनु भएको थियो | यसैगरी कार्यक्रमका बिशेष अतिथि निर्मला गुरुङ,दिपक वली,सुन्दर सिंह लामा तामाङ,लक्ष्मी योन्जन तामाङ,उर्मिला लामा पाख्रिन तामाङ,चन्द्रमाया बम्जन तामाङ,बी बी लामा तामाङ,मिश्री योन्जन तामाङ लगायतले सोनाम ल्होछारको शुभकामना व्यक्त गरेका थिए |
तामाङ जातीय भेषभुषामा सु-सज्जित तामाङ ज्यो ज्यो आले तथा नाना भुरिङहरुको साथमा उल्लेखनीय नेपाली समुदायहरुको उपस्थित रहेको कार्यक्रममा नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार बिशाल काल्तान तामाङ र स्थानीय नेपाली कलाकारहरुको बेजोड प्रस्तुतिबाट भरपुक मनोरंजन प्रदान गरेका थिए |


कार्यक्रममा प्रवास भुमि इजरायलबाट तामाङ जातिको भाषा,धर्म, कला संस्कृति र भेषभुषाको संरक्षण र सम्वर्द्धनमा टेवा पुर्याउन महत्वपुर्ण योगदान दिनु भएकोमा संस्थाका धार्मिक विभागका प्रमुख लामा धर्मगुरु थुप्तेन लामा तामाङलाई रातो रङको बौद्ध धार्मिक दोसल्ला , सम्मान पत्र र तामाङ पहिचान टोपी पहिल्याई दिएर सम्मान गरिएको थियो | यसैगगरी संस्थाकी संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक उर्मिला लामा पाख्रिन तामाङ र निवर्तामान अध्यक्ष एवं प्रमुख सल्लाहकार बी बी लामा तामाङलाई सम्मान पत्र , तामाङ पहिचानको दोसल्ला र तामाङ टोपी पहिल्याई दिएर सम्मान गरिएको थियो | यसैगरी संस्थाका कलाकारहरु साँस्कृतिक विभागका प्रमुख सारा लामा तामाङ,उपविभाग प्रमुख सिता कुमारी घिसिङ तामाङ र पेमा पाख्रिन तामाङलाई सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए | संस्थालाई सहयोग गरेबापत समाजसेवी सुमित्रा मोक्तान तामाङलाई कदर पत्र र संगीता ठकुरीलाई प्रशंशा पत्र प्रदान गरि सम्मान गरिएको थियो |


सम्मानको क्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकार बिशाल काल्तान तामाङलाई तामाङसमुदायको पहिचान संगै भाषा , कला तथा संस्कृति एवंम् समग्र नेपालीलाई गीत तथा संगीतको माध्यमबाट विश्वभरी चिनाउन र संरक्षण गर्न योगदान पुर्याउनु भएको अतुलनीय योगदानलाई कदर गर्दै सम्मान पत्र प्रदान गर्दै सम्मानित गरिएको थियो |

 

साथै कार्यक्रमलाई मनोरंजनमय एवं सफल पार्न आ-आफ्नो तर्फबाट गीत तथा निर्त्य प्रस्तुत गर्नु भएका इजरायलवासी स्थानीय कलाकारहरुलाई प्रशंशा पत्र प्रदान गरिएको थियो |
२८५३ सोनाम ल्होछारको पावन अवसरमा संस्थाकी संरक्षक चन्द्रमाया बम्जन तामाङ नेपाल तामाङ घेदुङ इजरायललाई तामाङ समुदायको साँस्कृतिक पहिचानको बाजा ह्याङला डम्फु दुईवटा प्रदान गरिएको थियो |
कार्यक्रमको सभापति एवं संस्थाकी अध्यक्ष कल्पना मोक्तान तामाङले ल्होछारको शुभकामान व्यक्त गर्नु हुँदै कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउन उपस्थित सम्पूर्ण अतिथि पाहुना,तामाङ ज्यो ज्यो आले तथा नाना भुरिङ र इजरायलवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु ,कार्यक्रमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आ-आफ्नो ठाउँबाट सहयोग पुर्याउनु हुने महानुभावहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो |
पहिलो चरणको औपचारिक कार्यक्रम संस्थाका महासचिव गोमा ख्युङबा तामाङ (शरिन) , सचिव सिता कुमारी घिसिङ तामाङ र दोश्रो चरणको साँस्कृतिक कार्यक्रम संस्थाको अनुशासन विभाग उपप्रमुख अनिला मोक्तान तामाङ कुशलतापुर्वक संचालन गरेका थिए |

कार्यक्रममा सहभागी हुना आउनु भएको गायक बिशाल काल्तान तामाङ ५ फेब्रुअरी (आइतबार) बेलुका इजरायलबाट नेपाल प्रस्थान गरी सक्नु भएको छ | समाचार तयार हुदैको क्रममा वहाँ थाइल्याण्डको एयरपोर्ट बैंककमा पुगीसक्नु भएको जानकारी प्राप्त भएको छ |

(फोटोग्राफर- आरोह श्रेष्ठ , बीबीसीइन्यूज)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution