हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

ओमानमा सोनाम ल्होछार भव्यताको साथ सम्पन्न


नेपाल तामाङ सजाज ओमान द्वारा अायोजित “सोनाम ल्होछार २८५३ ज्या ल्हो विशेष सस्कृतिक कार्यक्रम ३ फेब्रुअरी २०१७ शुक्रबारको दिन अोमानको मष्कट स्थित अलमासा हल रूवीमा सफलता पूर्वक सम्पन्न भएको छ । तामाङ समाजका अध्यक्ष राम थोकर तामाङको सफलता
सभाध्यक्षतामा रहेको उक्त कार्यक्रमको सञ्चालन महासचिब तेजबहादुर तामाङ (प्रेम) उप अध्यक्ष अनिता तामाङ र अर्का उप अध्यक्ष बिनोद बल तामाङको रहेको थियो । नेपाली दुतावासका का.वा. राजदुत श्री रोजीना ताम्रकारको प्रमूख अातिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल तामाङ समाज ओमानका केन्द्रिय सदस्य तथा लामा गुरु दावा लामा तामाङले विशेष अतिथी रहनु भएको थियो ।

यसै गरि अोमान स्थित सबै संघ संस्था प्रतिनिधीहरू क्रमशः गैर अावसीय संघ अोमान का अध्यक्ष दिपक श्रेष्ठ, प्रवासी नेपाली मञ्च ओमानका अध्यक्ष गगन कार्की अोमान नेपाली एकता समाजका अध्यक्ष छवि लाल बस्नेत नेपाली महिला समाज अोमानका अध्यक्ष पार्वती श्रेष्ठ, बुध्द भिजन अोमानका अध्यक्ष निमा तमाङ, जन प्रगतीशिल मञ्च अोमानका सदस्य सङ्गिता तामाङ, नेपाली जन सम्पर्क समिति अोमानका सभापति फर्सुराम पोखरेल, नेपाली समाज अोमानका सुन्सरी कार्की , मगर संघ अोमानका अध्यक्ष सुर्य बहादुर थापा , दलित एकता संजाल अोमानका मानबहादुर बि क, अन्तर्राष्ट्रिय साहित्य समाज अोमानका अध्यक्ष दिलप्रसाद पौडेल, तमु समाज ओमानका अध्यक्ष बिजय गुरुङ , नेपाली क्रिस्चियन फलोसिपका सयोजाक सङ्गम सिङ लगाएतका संघसंस्था प्रतिनिधीहरू अतिथिको रूपमा रहेका थिए । यसै गरि, नेपालबाट अाउनु भएका कलाकार पप सेलो गायक अशुसेन लामा र लोक दोहोरी गायिका कृष्ण गुरुङ पनि अातिथ्यताको अाशण ग्रहण गरेका थिए ।

कार्यक्रममा अाउनु भएका प्रमुख अतिथी, विशेष अतिथि, अतिथि गण लगाएत उपस्थित सबै दर्शक वृन्दहरूलाई समाजका उपाध्यक्ष बिनोद बल तामाङले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथि र तामाङ समाजका सचीव सुबिस्ता तामाङले शुभकामना मन्तव्य राख्नु भएको थियो र लामा गुरु दावा तामाङ बाट नया बर्षको अबसरमा सबै मानव जातिमा सुख शान्ती रहोस् भनी पुजा पाठ पनि गर्नु भएको थियो

त्यसैगरि दिप प्रजुलन गरि उत्घाटान भएका कार्यक्रममा राष्ट्रिय गान गायर अाफ्नो मात्रि भूमी अर्थात नेपालको माटो सञ्झिने काम पनि उक्त कार्यक्रममा भएको थियो । नेपालबाट अाएका दुबाइ कलाकारको जोड्दार प्रस्तुतीले गुञ्जयमान भएको उक्त हलमा सहभागी सबै दर्शकहरूले भर्पुर मनोरञ्जन प्राप्त गरेका थिए भने पप सेलो गायक अशुसेन लामाले सेलो , पप सेलो देखि लिएर अराबिक भाषाको गित गायर पुरै हल ततायको थियो भने लोक दोहोरी गायिका कृष्ण गुरुङले पनि गोर्खालीको छोरी बोलका गित गाएर हलमा भएका सम्पुर्ण दर्शकलाई नाच्नु बत्ते बनाएका थिए । राष्ट्रिय कलाकारहरूको प्रस्तुती संग संगै स्थानीय कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप अकर्सित बनाएका थिए। कार्यक्रमलाई अार्थिक स्पोन्सर गर्नु हुने क्रमश He-Be Middle East LLC, Mr.Hamaed Abubakar Al Zubedi, MODERN EXCHANGE CO LLC, Al Mudhish Oman, मगर संघ ओमान ,लाई सल्लाहकार कार्सङ तामाङको सहकार्यमा अध्यक्ष राम थोकर तामाङले सम्मान पत्र सहित सम्मानित गरेका थिए । साथै नेपाल देखि अाई अाफ्नो उत्कृष्ट कला प्रस्तुत गर्नु भएकोमा रास्टिय कलाकारहरूलाई उच्च प्रशंसा गर्दै कदर पत्र हस्तान्तरण पनि गरिएको थियो । कार्यक्रममा उत्साह जनक उपस्थिती जनाउनु हुने सबै संघ संस्था र प्रवासी नेपाली दाजूभाई तथा दिदीबहिनीहरूलाई हार्दिक अाभार प्रकट गर्दै कार्यक्रमलाई सफल पर्नुको लागि सहयोग गर्नु हुने सम्पुर्णलाइ विशेष धन्यवाद पनि दिँदै अध्यक्ष राम थोकर तामाङले सभा विसर्जन गर्नु भएको थियो ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution