हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

ह्याङ्ला दोलखा–काठमाण्डौ तामाङ समाजले ल्होछार मनाए, प्रमुख अतिथि ९५ बर्षिय आमा

-सरोजमोहन मोक्तान तामाङ

याम्बु – ह्याङला दोलखा–काठमाण्डौ तामाङ समाजले २८५३ औ ज्या ल्हो (चरा÷नामे) बर्ष सोनाम ल्होछारको अगमनको उपलक्ष्यमा मिति २०७३ माघ २२ गते शनिवार ९५ बर्षिय आमा जमुना देवी मोक्तानलाई प्रमुख अतिथि बनाएर काठमाण्डौको नवदुर्गा पार्टी प्यालेस, चाबाहिल सकेधारामा शुभकामना आदानप्रदान तथा ह्याङला ल्होछार सांस्कृति कार्यक्रम भव्य र सभ्य रुपमा मनाएको छ । कार्यक्रमको अध्यक्षता समाजको संयोजक सरोज मोहन लामाले गर्नुभएको थियो भने कार्यक्रम संचालन समाजका सचिव छेवाङतेन्जिङ लामा र सुकुमाया मोक्तानले गर्नुभएको थियो ।
दोलखाबाट काठमाण्डौ आई स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने दोलखाली तथा तामाङ समुदायका महानुभावहरु बीच भेटघाट तथा ल्होछार नयाँ बर्ष मनाएको यो पहिलो पटक हो ।

प्रमुख अतिथि ९५ बर्षिय आमाले कविता बाचन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिले कविताबाटै नेपालका राजनीतिक दलका नेताहरुले खाली भाषण मात्रै गर्दछन्, रासनको व्यवस्था कहिल्यै गर्दैनन् भनी व्यंङज्ञ्यात्मक कविता बाचन गर्नुभएको थियो । उहाँले सबै तामाङ समुदायहरुको सकरात्मक प्रगतिको कामना गर्दै आशिस दिनुभएको थियो ।
कार्यक्रमको बिशिष्ट अतिथि पुनःराबेदन अदालन पाटन हालको प्रदेश नं. ३ उच्च अदालनका मुख्य न्यायाधीस श्रीमान् टंक बहादुर मोक्तान हुनुहुन्थ्यो भने विशेष अतिथिमा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं सांसद माननीय आनन्द प्रसाद पोखरेल, काठमाण्डौ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ हुनुहुन्थ्यो भने अतिथिहरुमा नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति रुद्र बहादुर खड्का, पूर्व सभासद शान्ति पाख्रिन, नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङ, घेदुङकै सचिव तथा तामाङ डाजाङका अध्यक्ष सञ्चु ब्लोन, घेदुङकै सचिवलय सदस्य एवं अनुशासन विभाग प्रमुख प्रेम मोक्तान, दोलखा जिल्लाका तामाङ राजनीतिज्ञहरु जितविर लामा, फुर्वा मोक्तान, बर्म लामा, हिरा कुमार थोकर लगायतका अतिथिहरु हुनुहुन्थ्यो भने बुद्घिजिवीहरुमा अमरदीप मोक्तान, विष्णु कुमार थोकर, रमेश कुमार थोकर लगायत विभिन्न सामाजिक क्षेत्रमा योगदान दिनुहुने विशिष्ट अग्रज दोलखाली तामाङहरु हुनुहुन्थ्यो । त्यस्तै गरी कार्यक्रममा विभिन्न तामाङ संघ÷संस्थाका प्रमुख तथा प्रतितिधिहरु पनि अतिथिका रुपमा सहभागी हुनुभएको थियो । ह्याङला ओखरढुंगा काठमाण्डौ तामाङ सेवा समाजका अध्यक्ष किसाङ घिसिङ तामाङ, छ्योर्तेन टासी तामाङ गुम्बाका अध्यक्ष मान बहादुर लामा, स्रस्टा समाजका प्रतिनिधी रञ्जना मोक्तान, नाङसाल क्लबका प्रतिनिधिहरु लगायत प्रायः सबै तामाङ संघ÷संस्थाहरुका प्रतितिधिहरु कार्यक्रममा अतिथिका रुपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै बशिष्ट अतिथि टंब बहादुर मोक्तानले सबैभन्दा ठूलो कुरा शिक्षा भएकोले तामाङ समुदायहरुले अनिवार्य रुपमा आफ्नो बालबच्चालाई उच्च शिक्षासम्मको अध्ययन अध्यापन गर्नुनै पर्ने भनी जोड दिनुभएको थियो । शिक्षा विना कुनैपनि अधिकारहरु प्राप्त गर्न नसकिने र यदि प्राप्त वा गरि हालेमा पनि उचित तरिकाले उपयोग गर्न नसकिने भनी बताउनु भएको थियो । त्यस्तै विशेष अतिथि पूर्व मन्त्री तथा माननीय सांसद आनन्द पोखरले देशमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र विविधतामा एकता कायम गर्ने महत्वपूर्ण भूमिका तामाङ समुदायले नै लिनुपर्ने भनी शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य अतिथिहरु पूर्व सभासद शान्ति पाख्रिन, रुद्र बहादुर खड्का, प्रेम मोक्तान, अमरदीम मोक्तान, बर्म लामाले राख्नुभएको थियो ।

 

समाजको सांस्कृतिक कार्यक्रममा अन्य जिल्लाका राष्ट्रिय स्तरका अतिथि कलाकारहरुको साथै दोलखा जिल्लाकै कालाकारहरुबाट गीत, नृत्य, प्रहसन क्यारीकेचर देखि अभिनयकलासम्म प्रस्तुत गरेर कार्यक्रमको रौंनक बढाउदै सांस्कृतिक तथा सांगितीक महोल तताएका थिए । कार्यक्रममा अतिथि कलाकारहरुमा सुनिता पाख्रिन, सत्यकला राई, नायक नबल खड्का लगायत अरु धेरै नाम चलेका राष्ट्रिय स्तरका नेपाली कलाकारहरुको उपस्थिति थियो ।

कार्यक्रमा गहना फिल्लम प्रा.लि. तथा नृत्य स्कुलका कलाकाहरुले उत्कृष्ट नृत्यहरु प्रस्तुत गर्नुभएको थियो भने दोलखा जिल्लाकै अभिनेता तथा कलाकारहरु सुकुमाया मोक्तान, खेम मोक्तान, अनिता गोले तामाङ, अभि लामा, निता योञ्जन, बसन्ती लामा, मेनुका ग्याबक तामाङ, कसुमी लामा, दीपक लोप्चान, सुवास मोक्तान, रामकृष्ण लो, छेवाङतेन्जिङ लामा आदिले दोलखा जिल्लाका राष्ट्रिय तथा नाम चलेका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा एक हजारको हाराहारीमा दोलखाली तामाङहरुको उपस्थिति रहेको थियो । कार्यक्रम शनिवार १२ बेज बाट शुरु भई बेलुका ७ बजे समापन भएको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution