बृहत नेपाल सामाजिक संस्था बहराइनको अध्यक्षमा हर्क लो तमाङ

बहराइनको राजधानी मनामा स्थित फुड सिटि रेस्टुरेन्ट को सभा हलमा “परोपकारी, समृद्धि र सफलताको पहिचान, बृहत नेपाल सामाजिक संस्थाको अभियान” भन्ने मुल नाराको साथमा स्थापना भएको सामाजिक संस्था “बृहत नेपाल सामाजिक संस्था बहराइन” को स्थापना तथा प्रथमसाधारण सभा २०१७ यस संस्थाको संयोजक हर्क लो तमाङको सभापतित्व र प्रमुख अतिथी नेपाली क्लब बहराइनका संस्थापक, वरिष्ठ समाजसेवी गम बहादुर गुरुङको साथै विशेष अतिथीहरु नेपाली क्लब बहराइनका प्रतिनिधि दीपक गुरुङ , एनआरएन बहराइनका अध्यक्ष टंक बस्नेत र आदिवासी जनजाति महासंघका श्री काजी थापा लगायत बहराइनमा अवस्थित बिभिन्न राजनितिक, जातिया, क्षेत्रिया र सामाजिक सङ्ग सस्थाका अथितिहरु पत्रकार साथै कलाकारहरुको उलेख्खनिय उपस्थितिमा सुसम्पन्न भएको थियो ।
जसमा सर्ब सहमतबाट यस बृहत नेपाल सामाजिक संस्था बहराइनको अध्यक्ष पदमा हर्क लो तमाङ निर्वाचित भई उहाँको अध्यक्षतामा ५० जना सदस्यहरुबाट कार्यकारी पदाधिकारी, कार्यकारिणी सदस्यहरु, सल्लाहकार समिती लगायत विभिन्न बिभागिय समितिहरुका साथ नयाँ तथा विशाल कार्यसमिति गठन भएको छ।
पदाधिकारीहरुमा अध्यक्ष हर्क लो तामांङ, प्रथम उपाध्यक्ष शिब नारायण श्रेष्ठ, द्वितीय उपाध्यक्ष रेश्मा देवान सुब्बा, महासचिब अन्जन बाबु श्रेष्ठ, सचिब रमेश कुमार श्रेष्ठ, सहसचिब लिला पौडेल, कोषाध्यक्ष मिना कुमारी गुरुङ, सह कोषाध्यक्ष सम्झना मगर चयन हुनु भएको छ ।
सल्लाहकार समितिमा प्रथम बरिस्ठ सल्लाहकार दिपक गुरुङ, द्वितीय बरिस्ठ सल्लाहकार ज्ञानेन्द्र गुरुङ, तृतीय बरिस्ठ सल्लाहकार श्याम बहादुर पुन, प्रमुख सल्लाहकार एक बहादुर बल, सल्लाहकार सन्तोष शाह, सल्लाहकार शंकरमान गुरुङ रहेको छ भने कार्यकारिणी सदश्यहरु – ५० जना र विभागीय प्रमुखहरु ः- सांस्कृतिक बिभाग प्रमुखमा रेशम पुर्जा मगर, महिला बिभाग प्रमुख मिना कुमारी गुरुङ, खेलकुद बिभाग संयोजक रेशमलाल सापकोटा लगायतका छन ।
यस भव्य कार्यक्रममा कलाकारहरुले आफ्नो गायन र नित्यहरु पस्तुत गरेका थिए । जसले नाम अनुसार को काम र उद्देश्य बोकि यस बिदेशी भुमी बहराइनमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु साथै बृहत नेपाल यानी पुर्ब मेची देखि पश्चिम महाकाली सम्म विभिन्न जात जाती, विभिन्न धर्म तथा संस्कृति र विभिन्न संघ संस्थाहरुलाई समान रुप बाट समेटि परोपकारी गर्दै समृद्धि बनाई सफलता हासिल गर्ने प्रणका साथ अघि बढ्ने लक्ष्य राखेका छन्।