मिस तामाङ २०१७ को उपाधि काठमाडाैंकी पिंकी घिसिङ तामाङले जितिन्

काठमाडाैं । मिस तामाङ २०१७ को ताज ३४ प्रतिस्पर्धीलाइ पछि पार्दै कन्टेस्टेन्ट नम्बर ३२, काठमाडाैंकी पिंकी घिसिङले पहिरेकी छिन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न कार्यक्रममा बिजेता घोषणापछि गत वर्षकी मिस तामाङ उर्मिला योन्जनले उनलाइ ताज पहिरिदिएकी हुन् । उनले उपाधि सहित एक लाख नगद प्राप्त गरेकी छन् । उनी एक वर्ष सम्म सिभिल ग्रुपको ब्रान्ड एम्बासडर भएकी छन् ।
एभरेस्ट फेसन होमद्वारा सोनाम ल्होछारको अवसरमा आयोजित दसाैं संस्करणको यस प्रतियोगितामा एकजना तामाङकी छोरी नेपालको प्रधानमन्त्री बन्न सक्छ या सक्दैन ? किन र कसरी भन्ने प्रश्नको उत्तरमा निर्णायकको मन जित्दै उनी ताज पहिरिन सफल भएकी हुन् ।
कार्यक्रममा इन्जिनियर तथा सिभिल ग्रुपका प्रमुख इच्छाराज तामाङ प्रमुख निर्णायकमा थिए । निर्णायकमा क्याप्टेन विजय लामा, नायिका छुल्ठिम गुरुङ लगायत थिए ।
यसैगरी प्रतियोगितामा काठमाडाैंकै नावाङ मोक्तान फस्ट रनर अप भइन भने धादिङकी रिता थिङ सेकेन्ड रनर अप घोषित भइन् । फस्ट रनर अपले ५० हजार नगद र सेकेन्ड रनर अप २५ हजार नगर प्राप्त गरे । @ एभेरेष्टटाइमन्यूज|