नयाँ शक्ति १ नम्बर प्रदेशमा प्रवेश गर्नेको लहर

-पासाङ शेर्पा
नयाँ शक्ति पार्टी नेपाल, प्रदेश नम्बर १ ले माघ १९ गते बिराटनगरमा अायाेजना गरेकाे ध्रुविकरण सभामा ५१७ जना नयाँ अभियन्ताहरु ध्रुविकृत भएर नयाँ शक्ति निर्माण अभियानमा ध्रुविकृत हुनु भएकाे छछ ।
प्रवेश गर्नेहरुमा रा.प्र.पा.काे केन्द्रीय सदस्य जगत थापा र नेताहरु बिरबहादुर, बिराट थापा (माेरङ) लगायतकाे टाेली रहनु भएको छ | त्यसैगरी नेपाली काँग्रेशका नेता, सुर्यनारयण ताजपुरीया (झापा) लगायतकाे टाेली , फाेरम गणतान्त्रिककाे केन्द्रीय सदस्य, भक्कुलाल बिश्वास (माेरङ) सहितकाे टाेली, नेपाल परिवार दलका केन्द्रीय सदस्य, राधिका पन्थी (माेरङ) लगायतकाे टाेली, राष्ट्रिय जनमुक्ति पार्टीकाे केन्द्रीय सदस्य अजय अग्रवाल (माेरङ) लगायतकाे टाेली ,नेपाल अादिवासी जनजाती महासँघकाे पुर्व जिल्ला अध्यक्ष देवराज चाैधरी (माेरङ) लगायतकाे टाेली , महिला अधिकारकर्मी तथा लेखिका मधु राई , राष्ट्रिय क्रिकेट खेलाडी भरत कार्की लगायतकाे टाेली ,सँघीय समाजवादी क्षेत्र नँ. ६ काे प्रत्यक्ष उम्मेद्वार बलराम ऋषिदेव (माेरङ) र समानुपातिक उम्मेद्वार शँकर चाैधरी लगायतकाे टाेली र राष्ट्रिय अादिवासी महिला महासँघकाे जिल्ला अध्यक्ष कल्पना मगर (माेरङ) लगायतकाे टाेली सहित विभिन्न पृष्ठभुमीका ५१७ जना नयाँ अभियन्ताहरु नयाँ शक्ति निर्माणकाे अभियानमा ध्रुविकृत हुनु भएकाे छ ।
उक्त कार्यक्रममा विशेष अतिथी वक्ता पुर्वमन्त्री देवी अाेझाले अबकाे राजनितीक बिकल्प जया शक्ति नै हुने छ भनी शुभकामना दिनु भएकाे थियाे । त्यसै गरि विशेष अतिथी वक्ता थरुहट तराई पार्टी लाेकतान्त्रिककाे उपाध्यक्षले अब केही दिनमा नै थरुहट तराई पार्टी लाेकतान्त्रिक र नयाँ शक्ति पार्टी नेपाल बिच एकीकरण हुँदैछ भनी कार्यक्रममा घाेषणा गर्नु भएको थियो |