हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

म्यानपावरलाई आठ लाख बुझाएर यूएई पुगेकाहरु काम नपाएर बिजोग

आठ लाख रुपैयाँसम्म म्यानपावरलाई बुझाएर संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका १ सय २४ नेपाली सुरक्षागार्डले ९ महिनादेखि काम पाएका छैनन् । कम्पनीले काम दिन नसक्ने भएपछि उनीहरू नेपाल फर्कने भएका छन् ।

वैदेशिक रोजगारमा जाने कामदारका लागि लागत खर्च नि:शुल्क भए पनि म्यानपावर कम्पनीहरूले आकर्षक तलब र सेवासुविधा देखाएपछि उनीहरू ८ लाख रुपैयाँसम्म बुझाएर यूएई पुगेका हुन् । यूएईको अर्धसरकारी कम्पनीको अवसर पाउने भएपछि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको जागिर छाडेर उनीहरू हमाय सेक्युरिटी सर्भिस कम्पनीमा काम गर्न गएका थिए ।

कम्पनीले मासिक ४ हजार दिराम (एक लाख २० हजार रुपैयाँ) सम्म तलब दिने भनेपछि उनीहरूले म्यानपावरलाई मागे जति रकम बुझाएका हुन् । कम्पनीले काम दिन नसकेपछि स्वदेश फिर्ता गर्ने तयारी गरेको छ । ‘कम्पनीले नयाँ प्रोजेक्ट नपाएपछि नेपालीले काम पाउन नसकेका हुन्,’ यूएईका लागि नेपाली श्रम सहचारी भेषबहादुर कार्कीले ‘पीडित कामदारलाई काम दिलाउन दूतावासका तर्फबाट निरन्तर प्रयास भइरहेको छ ‘ भने |

पीडितहरू समस्या समाधानका लागि दुई सातादेखि दूतावास धाइरहेका छन् । काम नपाउनेमा मोरक्को र युगान्डाका थप एक सय २५ नागरिकसमेत छन् । ‘हामीलाई तालिम गराएर आबुधाबीको वर्कर सिटीमा राखिएको महिनौं भइसक्यो,’ पीडित धीरज रानाभाटले भने, ‘खाना र बस्न कम्पनीले उपलब्ध गराएको छ । काम दिएको छैन ।’

फसेका कामदारमध्ये एसआरएस म्यानपावरले ५४, सुमेरा नेपालले २४ र अल सेक्युअर म्यानपावरले ९ कामदार पठाएका हुन् । त्यसबाहेक ३७ जनालाई श्रम स्वीकृति नलिई दुबईमा रहेको ग्लोबल एजेन्सीले भिजिट भिसामा अवैध रूपमा ल्याएको थियो । भिजिट भिसामा जानेहरूले थप रकम बुझाउनुपरेको छ ।

‘लामो समय प्रहरीमा जागिर खाइयो । प्रहरी जवानको जागिरले सामान्य जीवन पनि जिउन गाह्रो भएपछि ८ लाख रुपैयाँ बुझाएर आइयो । यहाँ आएर काम र तलब दुवै छैन,’ अर्का पीडित कामदारले भने । दुबईको सरकारी कम्पनीको सुरक्षागार्ड भनेर आफूहरूले सरकारी जागिरसमेत छाडेर बिदेसिएको उनीहरूले बताए । ‘काम पाइन्छ जस्तो लागेको थियो । अब घर फर्कनुपर्ने अवस्था आएजस्तो लागेको छ । त्यत्रो रकम कसरी उठाउने भन्नेमा चिन्ता छ,’ ती कामदारले भने ।

श्रम सहचारी कार्कीले भिजिट भिसामा ल्याउने कम्पनी र लाखौं रुपैया असुल गरेर पठाउने म्यानपावरमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । ‘सम्झौताअनुसारको काम दिलाउन कम्पनीको उच्च व्यवस्थापनसँग कुरा भइरहेको छ । उसले बोर्ड बैठकबाट समस्या सुल्झाउने प्रतिबद्धता व्यक्त गरेको छ,’ उनले भने ।

उनीहरूलाई पठाउने म्यानपावरलाई सम्पर्क गर्दा उपलब्ध हुन सकेनन् । वैदेशिक रोजगार विभागले यस विषयलाई गम्भीर रूपमा छानबिन गर्ने जनाएको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहण गुरुङले छानबिन गर्दा १० हजारभन्दा बढीको बिल भेटिए कारबाही गर्नुपर्ने बताए । ‘सुरक्षागार्डमा जानेले ८ लाख बुझाएको बिल छ कि छैन, छ भने कारबाही हुनुपर्छ । सबैलाई रकम फिर्ता हुनुपर्छ र म्यानपावरको लाइसेन्स खारेज गर्नुपर्छ,’ उनले भने, ‘सरकारले कामदारले दिएको रकमको बिल हुनुपर्ने व्यवस्था गरिदिए कोही उम्किन सक्दैन ।’ @ कान्तिपुर






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution