तामाङ घेदुङ इजरायल द्वारा नुवाकोटको बिद्यालय कम्प्युटर हस्तान्तरण

नेपाल तामाङ घेदुङ इजरायल द्वारा संस्थाको शैक्षिक कोषबाट नुवाकोट जिल्ला स्थित काहुलेमा रहेको श्री ज्योति निम्न माध्यमिक बिद्यालयलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको छ |
कम्प्युटरबाट बालबालिकाहरुलाई प्रभावकारी शिक्षा हासिल गर्न मद्धत र लाभ पुग्ने बताउदै बिद्यालयका प्रधानाध्यापक शेर बहादुर तामाङले महत्वपुर्ण सहयोगको लागि हार्दिक आभार प्रकट गर्दै भविष्यमा पनि सहयोगको अपेक्षा गरेको बताउनु भयो |