तामाङ घेदुङ इजरायल द्वारा ३ थान कम्प्युटर हस्तान्तरण

माघ -१८ | नेपाल तामाङ घेदुङ इजरायल द्वारा रसुवा जिल्ला स्थित लहरे – ८ मा रहेको श्री नारायणस्थान नि.मा.वि.लाई ३ थान कम्प्युटर र ड्रम सेट हस्तान्तरण गरेको छ |
बिद्यालयको प्रांगणमा एक कार्यक्रमको आजोजन गरी समाजसेवी प्रेम तामाङ लगायतले बिद्यालयको प्रधानध्यापकलाई नेपाल तामाङ घेदुङ इजरायलको शैक्षिक कोषबाट प्राप्त सहयोग रकम माथि इजरायलमै कार्यरत रसुवा धैबुङ्ग – ६ की रोजी मोक्तान तामाङ र लहरे – ८ का ल्हाक्पा लामाले जनाही पाँच पाँच हजार थपेर ३ कम्प्युटर र ड्रम किनेर हस्तान्तरण गरेको हो |