नयाँ शक्ति पार्टीको नयाँ झण्डा र चुनावचिन्ह निर्वाचन आयोगमा दर्ता

काठमाडौं– नयाँ शक्ति नेपालले पार्टीको आधिकारिक चुनाव चिन्ह र झण्डा आज निर्वाचन आयोगमा दर्ता भएको छ ।
यसअघि आयोगमा प्रस्ताव गरिएको झण्डा र चुनाव चिन्हमा अन्य दलसंग मिल्न गएपछि नयाँ शक्तिको केहि दिन अघि बसेको बैठकले झण्डा र चुनाव चिन्ह फेर्ने निर्णय गरेको थियो ।
नयाँ शक्तिले दर्ता गराएका झण्डा रातो पृष्ठभूमिमा ५ तारा र चुनाव चिन्हमा आँखा रहेको छ ।