इजरायलमा ह्योल्मो सोनाम ल्होसर भव्यताको साथ मनाइयो

तेलअविव-ह्योल्मो समाज इजरायलद्वारा ह्योल्मो जातिको धर्मिक / सांस्कृतिक राष्ट्रिय महान चाड २१४४ औ सोनम ल्होसर( च्हा ,ल्हो ) चरा वर्षको मंगलमय सुखद पावन अवसरमा ह्योल्मो समुदायहरुको आफ्नो मौलिक भाषा, धर्म, साँस्कृतिक कला, साहित्य, लिपि, चाडपर्व भेषभुषा परम्पराहरुलाई निरन्तर दिंदै गएको २७ जनवरी २०१७ (शुक्रबार) साँझ तेलस्थित किबुज ग्लुयोत स्ट्रिट – ४६ (kibbuz Galuyot st. -46) मा रहेको स्टोपा पार्टी हलमा ल्होसर सांस्कृतिक कार्यक्रम भब्यताको साथ सम्पन्न गरेको छ |
संस्थाकी अध्यक्ष पेम्बा डोल्मा ह्योल्मोको सभापति रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास इजरायलको कार्यवाहक राजदुत रामेश्वर पौडेल , बिशेष अतिथिहरु नेपाल आदिवासी जनजाती महासंघ इजरायलकी अध्यक्ष निर्मला गुरुङ,एनआरएन इजरायलको अध्यक्ष दिपक वली , अतिथिहरुमा इजरायल स्थित जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत अन्य नेपाली संघसंस्थाका प्रतिनिधिहरु र अनलाइनमिडियाकर्मीहरु रहेका थिए |
कार्यक्रमका सभापति ,प्रमुख अतिथि र बिशेष अतिथिहरु द्वारा दिप प्रज्जवल गरि उत्घाटन गरेको कार्यक्रममा ह्योल्मो लामा गुरुहरुको समुहले सामुहिक रुपमा बौद्धधर्मअनुसार पाढ़पुजा गरेका थिए |
ल्होसर सांस्कृतिक कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै संस्थाका तृतीय उपाध्यक्ष सार्किनी ज्याबा ह्योल्मोले स्वागत मन्तव्य राख्नु भएको थियो भने संस्थाका प्रथम उपाध्यक्ष कर्साङ ज्यबा ह्योल्मोले ह्योल्मो सोनाम ल्होसर बारे प्रकाश पार्नु हुँदै ल्होसरको शुभकामना व्यक्त गर्नु भएको थियो | शुभकामना दिने क्रममा कार्यक्रमको प्रमुख अतिथि रामेश्वर पौडेलले ह्योल्मो समुदायको चाडपर्व,भाषा,धर्म, संस्कृति र भेषभुषा समग्र नेपालीको एउटा अंग भएकोले ह्योल्मो जातीको पहिचान बिना समग्र नेपालीको संस्कृति नै अपूर्ण हुन्छ | तसर्थ बहुसांस्कृतिक नेपाली पहिचान कायम राख्न यस्ता संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नु खुशीको कुरा हो भन्नु हुँदै प्रवासमा सबै एक्लै ठाउँमा भेला भई कार्यक्रम सम्पन्न गरेकोमा आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्नु भएको थियो | यसैगरी कार्यक्रमका बिशेष अतिथि निर्मला गुरुङ ,दिपक वली लगायतले ह्योल्मो सोनाम ल्होसरको शुभकामना व्यक्त गरेका थिए |
साँस्कृतिक कार्यक्रमको संयोजक संस्थाका द्धितीय उपाध्यक्ष लोप्साङ यबा ह्योल्मोले गर्नु भएको ल्होसर साँझमा ह्योल्मो समुदायको मौलिक पहिचान झल्काउने भेषभुषा गरगहना सु-सुज्जित ह्योल्मोहरु लगायत अन्य नेपालीहरु पनि कार्यक्रममा सहभागी भएका थिए | कार्यक्रममा नेपालबाट आमन्त्रित ह्योल्मो समुदायको चर्चित लोकप्रिय राष्ट्रिय गायिका डोमा ह्योल्मोले सहभागी सबैलाई सन्देशमुलक र मनोरन्जनात्मक प्रस्तुति राख्नु भएको थियो | वहाँले भिषा सकेपछि कोहि नेपाली बिदेशमा लुकेर बस्न नहुने , आफुले आर्जन गरेको पैसा सहि ठाउँमा सदुपयोग गर्नुपर्ने र नेपालमा हुने परिवारजनले पनि विदेशबाट आएको पैसालाई जथाभावी खर्च गरेर उडाउनु नहुने जस्ता कुराहरु राख्नु भएको थियो | साथै उनीले गीतहरु गाउनु भएर र हास्यमय प्रस्तुति राख्नु भएर मनोरंजन प्रदान गरेका थिए | ह्योल्मो भाषाको गीतसंगीत,तामाङ सेलो लगायत नेपाली भाषाको गीत तथा निर्त्यहरु रहेको कार्यक्रममा रात्रि भोजको समेत व्यवस्था रहेको थियो |करीब एक घण्टा जति ह्योल्मो समुदायमा प्रख्यात ह्योल्मो स्याब्रु नाँच गोलबद्ध भएर नाचेका थिए |कार्यक्रममा ह्योल्मो चर्चित लोकप्रिय गायिका डोमा ह्योल्मो लगायत संस्थालाई सहयोग र योगदान पुर्याउनु हुने महानुभावहरुलाई सम्मान पत्र सहित सम्मानित गरेका थिए |
कार्यक्रमको अन्तमा सभापति पेम्बा डोल्मा ह्योल्मोले सोनाम ल्होसारको शुभकामना व्यक्त गर्नु हुँदै यसपालीको सोनाम ल्होसार कार्यक्रम बिगत बर्षहरुकोभन्दा अलिकति बेग्लै किसिमले आफुहरुले मनाएको र यसको लागि नेपाल आदिवासी जनजाती महासंघ इजरायलमा आबाद्ध भएपछि केहि कुराहरु सिक्ने र बुझ्ने अबसर मिलेको पनि बताउनु भएको थियो | ह्योल्मो समाज इजरायल जातीय संस्थाहरुमा पहिले नै स्थापित भएपनि गतबर्ष देखि मात्रा महासंघमा आबाद्ध भएको थियो | साथै इजरायलमा बिगतको बर्षहरुमा तामाङ र ह्योल्मोहरुले मनाउने सोनाम ल्होसार एकै दिन पर्ने भएकोले सधै कार्यक्रम एकैदिन हुने गरेकोमा ह्योल्मो समाज इजरायलको अनुरोधमा कार्यक्रम एकै दिन नराखी नेपाल तामाङ घेदुङ इजरायलले अर्को हप्ता सारेकोमा घेदुङ प्रति आभार व्यक्त गर्नु हुँदै ह्योल्मो दाजुभाइ तथा दिदीबहिनिहरुलाई तामाङ घेदुङको ल्होछार कार्यक्रममा सहभागी भईदिनु हुना अनुरोध गर्नु भएको थियो | कार्यक्रमको शोभा बढाई भब्यता पुर्वक सफल पार्न उपस्थित भएका सम्पूर्ण महानुभावहरु लगायत विभिन्न प्रकारले सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो |
कार्यक्रम संस्था सचिव दावा सोनाम दोङबा ह्योल्मो र सहसचिब लाक्पा डोल्मा ज्याबा ह्योल्मोले कुशलतापुर्वक संचालन गरेका थिए |
फोटो @ मिक्समस्का डट कम |
(भिडियो@निमा ज्याबा ह्योल्मो)