नयाँ शक्ति दक्षिण कोरियाको महाधिवेसन सम्पन्न, अध्यक्षमा रमेश उप्रेती निर्वाचित

दक्षिण कोरिया । अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरिया (नयाँ शक्ति)को पहिलो महाधिवेशन सम्पन्न भएको छ | महाधिवेशन द्वारा १०१ सदस्यीय नयाँ कार्य समिति चयन गरेका छन् । नयाँ कार्य समितिको अध्यक्ष पदमा रमेश उप्रेती, उपाध्यक्ष सुरेन्द्र बजगाइ, घ्याम्जो लामा, नारायणी घर्ती मगर रहनु भएको छ भने, महासचिवमा पिटर कुमार श्रेष्ठ र सचिबहरुमा यज्ञमुर्ती पोखरेल, प्रमिला सिम्खडा, पासाङ नोर्बु शेर्पा, त्यस्तै कोशाध्यक्षमा दावा छिरिङ तामाङ, सह कोशाध्यक्ष पदमा पुरन सिंह, नारायण गिरि लगायत १०१ सदस्यीय कार्य समिति चयन गरेका छन् ।
नयाँ शक्ति नेपालको भातृ संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाको महाधिवेसनमा भाग लिन पुगेका संगठन विभाग प्रमुख देवेन्द्र पौडेल तथा प्रवास प्रादेशिक विभागमा सह संयोजक शंकर भण्डारीको आतिथ्यमा अधिवेसन सम्पन्न भएको हो ।
मतदानबाट नेतृत्व चयनका गरेका समाजले जीवन विश्वकर्मलाई पराजित गर्दै रमेश उप्रेती अध्यक्ष पदमा निर्वाचित भएको हो |