हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

एमालेले पहिलोपटक सोनाम ल्होछार मनायो

 

-सरोज मोहन मोक्तान तामाङ

नेपाल लोकतान्त्रिक तामाङ संघ (नेकपा एमाले) ले २०७३ साल माघ १४ गते शुक्रबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिस्ठान, कमलादीमा पहिलो चोटी सोनाम ल्होछर मन्जुश्री सम्बत २८५३ औ ज्या ल्हो (चरा/नामे) बर्सको आगमनको अवसरमा शुभकामना आदानप्रदान, जलपान साथै सांस्कृतिक कार्यक्रम भब्य रूपमा मनाएको छ । कार्यक्रमा प्रमुख अथिति नेकपा एमालेका अध्यक्ष एबं पुर्ब प्रधानमन्त्री के.पि.शर्मा ओली हुनुहुन्थ्यो भने विशेष अतिथिमा नेपाल लोकतान्त्रिक आदिवासीजनजाति महासंघका अध्यक्ष एबं पार्टी सचिब पृथ्वी शुब्ब गुरुङ र मोर्चा संगठनका प्रमुख एबं पार्टी सचिब गोकर्ण बिष्ट हुनुहुन्थ्यो । कार्यक्रमका अध्यक्षता नेपाल लोकतान्त्रिक तामाङ संघका अध्यक्ष दावा लामाले गर्नुभएको थियो ।

सोनाम ल्होछार बादर बर्षको बिदाई र चरा बर्षको स्वागत लामा गुरुज्युबाट शान्ती मोलम र ताम्बाले ऎतिहासिक बिधिअनुसारको काईरन (गीतगाथा) गाई कार्यक्रमको शुरूवात गरेको थियो । कार्यक्रममा अतिथिहरुमा नेकपा एमालेका केन्द्रिय सदस्य एबं माननीय सभासद पर्बत गुरुङ, केन्द्रिय लेखा आयोगका सदस्य एबं बुद्धिजीवी परिषदका उपाध्यक्ष पिबी गोले, नेपाल तामाङ घेदुङका उपाध्यक्ष सीता लामा, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका उपमहासचिव बिजय लोप्चान, सचिब रामचन्द्र बल, केन्द्रीय सदस्य युबराज जिरेल, नेपाल तामाङ घेदुङका पुर्ब महासचिब कुमार ब्लोन, अन्तर्राष्ट्रिय तामाङ परिषदका सचिब प्रतीक ङ्यासुर, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्यहरु सरोज मोहन लामा, रामभक्त बम्जन, नेकपा एमाले काभ्रे जिल्लाका अध्यक्ष टोप बहादुर वाईबा, नेकपा एमाले दोलखा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष गणेश शिबाकोटी लगायतका विभिन्न जनबर्गीय संघ/संगठनका प्रतिनिधिहरु हुनुहुन्थ्यो ।

कार्यक्रमको संचालान पुर्ब माननीय एबं नेपाल लोकतान्त्रिक तामाङ संघका उपाध्यक्ष शान्ति पाख्रीनले गर्नुभएको थियो भने स्वागत मन्तब्य एबं ल्होछार सम्बन्धि प्रशिक्षण नेपाल लोकतान्त्रिक तामाङ संघका उपाध्यक्ष प्रेम मोक्तान धवा वाङ्गेल दिनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि के.पी.शर्मा ओलीले ल्होछारको शुभकामना दिनुहुदै आदिवासी जनजाति तामाङ समुदायको जायज माग एमाले पार्टीले मात्र पूरा गर्न सक्ने, अरुले त खली फुस्रा आश्वासन मात्रै दिने हो, उहाँले भन्नुभयो एमाले पार्टीले कहिल्यै तामाङ मन्त्री नबनाएको भन्ने जुन जनगुनासो असन्तुष्टि र माग छ, त्यो माग अर्को सोनम ल्होछार मान्ने बेलासम्ममा पूरा भैसक्ने उहाँले बिश्वस्त पार्नुभयो । उहाँले खासमा पहिचान बिरोधी, आदिवासी जनजाति बिरोधी, संघिय र मधेस बिरोधीहरुले नै मलाई त्यो उल्टो आरोप लगाएको हो भनी बताउनु भो यदि म त्यस्तो भएको भे के आज यो पहिचान सहितको कार्यक्रममा प्रमुख अतिथी बनेर आउथ्यो र ? उहाँको प्रश्न थियो त्यो आरोप लगाउनेहरुलाई । कार्यक्रममा विशेष अतिथीहरु पृथ्वी शुब्ब गुरुङ, गोकर्ण बिष्टले पनि शुभकामना मन्तब्य दिनुभएको थियो । त्यस्तै कार्यक्रममा तामाङ कलाकारहरूले विभिन्न प्रकारका मनोरञ्जन दिने तामाङ गित र नृत्यहरु पनि प्रस्तुत गरेका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution