सोनाम ल्होछारको अवसरमा नौ जना सम्मानित

तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक महान राष्ट्रिय पर्व सोनाम ल्होछार २८५३ नामे/ ज्याको पावन अवसरमा नेपाल तामाङ घेदुङ लगायत विभिन्न तामाङ संघसंस्था द्वारा सयुक्त रुपमा टुंडिखेलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्युबाट कुलमान घिसिङ्ज्युलाई बिशेष सम्मान तथा अभिनन्दन गरेको छ |
यसैगरी विभिन्न क्षेत्रका तमाङ र अन्य बिदेशी नागरिक गरी ९ जना ब्यक्ति र एउटा संस्थालाई सम्मान गरिएको छ | सम्मानित हुनेहरुमा कुलमान घिसिङ तामाङ (नेपाल विद्युत प्राधिकरणका प्रमुख /बिशेष सम्मान तथा अभिनन्दन ),चन्द्र योन्जन तामाङ (मेलबोर्न अस्ट्रेलियाका महाबाणिज्य दूत ),सम्पूर्ण कुमार लामा तामाङ (अध्यक्ष्य,बौद्ध क्षेत्र बिकास समिती ),प्रा. डा. डेभिड होल्मबर्ग , प्रा. डा. क्याथ्रीन मार्च(अमेरिकन नागरिक), गोमा ख्युङबा तामाङ ‘शरिन’ (महासचिव,नेपाल तामाङ घेदुङ,इजरायल ) मन्जु लामा तामाङ (समाजसेवी),ईन्द्र घिसिङ तामाङ(सम्पादक,तामाङ डाजाङ मासिक पत्रीका ) र लक्ष्मी लामा तामाङ(समाजसेवी ) नेपाल तामाङ घेदुङ कुवेत रहेका छन् |
(श्रोत- प्रदिप बम्जन तामाङ)