सोनाम ल्होछार कार्यक्रमको लागि चर्चित तामाङ कलाकारहरु कतार पुगे

२६ जनवरी २०१७ | नेपाल प्रवासी तामाङ.समाज कतार द्वारा आयोजित २८५३ सोनाम ल्होछार कार्यक्रमको लागि नेपालबाट आतिथी कलाकारहरु दोहामा पुग्नु भएको छ | भोलि २७ जनवरी २०१७ शुक्रवार दोहामा हुने कार्यक्रमको लागि हिजो दोह पुगेका कलाकारहरुलाई नेपाल प्रवासी तामाङ समाज कतारका पदाधिकारीहरुले दोहा एयरपोर्टमा भव्य स्वागत गरेका थिए |
कतारमा कार्यरत सम्पुर्ण तामाङ तथा गैर तामाङ नेपाली दाजुभाइ तथा दिदी बहिनिहरुमा चुलो निम्तो सहित कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पर्नको लागि आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ |
कार्यक्रम
मिति-२७ जनवरी २०१७ (शुक्रवार)
स्थान-उम सलाल अलि कतार
समय-बिहान ठिक १०:०० बजे देखि सुरु