हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

पोखरामा सोनाम ल्होछारको अवसरमा र्याली र शुभकामना आदान प्रदान

 

पोखरा | नेपाल तामाङ घेदुङ कास्कीले सोनाम ल्होछार २८ सय ५३ औं ज्या ल्हो(चरा वर्ग) आगमनको अवसरमा बुधवार पोखरामा बृहत ल्होछार र्याली र शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
चिप्लेढुंगास्थित मानवअधिकार चोकबाट सोनाम ल्होछार शुभकामना र्याली शुरु गरी महेन्द्रपुल, रानीपौवा, शितलादेवी, भद्रकाली हुदै माछापोखरी खेल मैदानमा पुगी सोनाम ल्होछार २८ सय ५३ औं ज्या ल्हो शुभकामना आदानप्रदान कार्यक्रममा परिणत भएको थियो ।
ल्होछार र्यालीमा तामाङहरु मौलिक पोशाक, बाजागाजा, झाँकी र सँस्कृतिसहित नेपाल तामाङ घेदुङ कास्कीमा आवद्ध सम्पुर्ण इकाई, महिला, युवा, विद्यार्थी, लामा, सँस्कृति घेदुङ सहित आदिवासी जनजातिहरुको समेत बृहत सहभागीता रहेको थियो ।
शुभकामना कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङका पुर्व अध्यक्ष धनप्रसाद तामाङले दीप प्रज्वलन गरी उद्घाटन गर्नुहुदै सोनाम ल्होछारको शुभकामना व्यक्त गर्नुभयो । उहाँले हिजै देखि विभेद सहदै आएका तामाङ लगायत आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित नगरे शासकहरुलाई घोक्रेठ्याक लगाउने चेतावनी दिनुभयो । सबै राष्ट्रियताहरुको भावना सम्बोधन गर्न पहिचानसहितको संघीयता, अधिकार सहितको संविधान, समानुपातिक प्रतिनिधीत्व र पहुँच सुनिश्चित हुनुपर्ने बताउनुहुदै शासितहरुको एकवद्धताको आव्हान गर्नुभयो ।

तामसालिङ, तमुवान, मगराँत सहितको संघीय नेपाल दिन नसके आदिवासी जनजातिलाई शासन सत्ता हाक्न देउ उदाहरणीय रुपमा शासन चलाउने बताउनुभयो ।


विशेष अतिथि घेदुङका निवर्तमान कार्यवाहक अध्यक्ष कुमबहादुर तामाङले शुभकामाना व्यक्त गर्नुहुदै नाच्न र भोज खान मात्रै होइन तामाङहरु अधिकारका लागि संघर्षमा उत्रदैछन भन्ने उद्घोष ल्होछार र्यालीको रहेको बताउनुभयो ।
घेदुङको केन्द्रीय सचिवालय सदस्य तथा तमुवान(प्रदेश नं. ४)का अध्यक्ष दीपक वाइवा तामाङले शुभकामना व्यक्त गर्नुहुदै अधिकार प्राप्तिको आन्दोलन शसक्त रुपमा तयारी भइरहेको बताउनुभयो । उहाँले तामसालिङ सहितको पहिचान र अधिकार सुनिश्चित संविधान प्राप्त नभए काठमाडौं उपत्यका घेरेर बसेका तामाङ जुरुक्कै उठ्ने चेतावनी दिनुभयो ।
केन्द्रीय सदस्य सुवेदार हरिमान तामाङले संविधान संशोधनका लागि तामाङहरुको दवाव स्वरुप उक्त र्याली प्रदर्शन गरेको बताउनुभयो ।
तामाङ भाषा, धर्म र सँस्कृति प्रवद्र्धनका लागि सोनाम ल्होछार २८५३ घर घरमा मनाऔं, तामसालिंग सहितको संविधान संशोधनका लागि गाँउ गाँउबाट जनदवाव सिर्जना गरौं नाराका साथ नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष कृष्णबहादुर तितुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु धिं नेपालका द्धितिय उपाध्यक्ष तथा तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमु, तामाङ विद्यार्थी घेदुङका केन्द्रीय कोष्ं, ााध्यक्ष जुन तामाङ, घेदुङ कुबेतका अध्यक्ष अमृत तामाङ, महिला धेदुङ तमुवान(प्रदेश नं.४)की ज्योति तामाङ, युवा घेदुङ कास्कीका अध्यक्ष कुमार थिङ तामाङ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने उपाध्यक्ष टेकबहादुर तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा तामाङ घेदुङमा लामो समय कार्य गरेको र समुदायका निम्ती विशेष योगदान पुर्याएको भन्दै नेपाल तामाङ धेदुङका निवर्तमान कार्यवाहक अध्यक्ष कुमबहादुर तामाङलाई प्रमुख अतिथि धनप्रसाद तामाङले कदरपत्रले सम्मान गर्नुभयो ।
चिप्लेढुंगाबाट तामाङ एकता, पहिचानसहितको तामसालिङ, धर्मनिरपेक्षता, तामाङ भाषालाई सरकारी कामकाजी भाषा, समानुपातिक प्रतिनिधित्व, आई एल ओ १६९ कार्यन्वयनको माग सहित प्रतिगामी संविधान तत्काल संशोधनको नाराका साथ झाँकी जुलुसमा नालामुख इकाई प्रथम हुदै ७ हजार, तामाङ बौद्ध सेवा समिति संगमटोल दोश्रो हुदै ५ हजार, ओखलढुंगा तामाङ समाज तेश्रो हुदै ३ हजार र सिमपानी सान्त्वना हुदै एक हजार रुपैया सहित पं्रससापत्रले पुरस्कृत गरिएको थियो ।

७ ए साइड फुटबल प्रतियोगिता

सोनाम ल्होछार २८५३ को अवसरमा नेपाल तामाङ युवा घेदुङ कास्कीले बुधवारदेखि माछापोखरी खेलमैदानमा अन्तर इकाई ७ ए साइड फुटबल प्रतियोगिता शुरु गरेको छ ।
प्रमुख अतिथि धनप्रसाद तामाङले रेफ्रीलाई बल हस्तान्तरण गरेर शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा तामाङ बौद्ध सेवा समिति संगमटोलले विजयी शुरुवात गरेको छ ।
तामाङ बौद्ध सेवा समिति संगमटोलले लेखनाथ भण्डारढिकस्थित छारग्याम इकाइलाई ५—१ गोलले पराजित गरेको हो । प्रतियोगितामा ९ टिमको सहभागीता रहेको छ ।
माघ १५ गते सम्पन्न हुने प्रतियोगिताको प्रथम पुरस्कार ४४ हजार ४४४ रुपैया, दोश्रोलाई २२ हजार २२२ रुपैया ट्रफी, मेडल र प्रमाणपत्र रहेको अध्यक्ष कुमार थिङले जानकारी दिनुभयो । यसरी नै सर्वाधिक गोलकर्तालाई ३ हजार र बेष्ट प्लेयरलाई ३ हजार रुपैयासहित पुरस्कृत गरिने भएको छ ।

@ हुम तमु






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution