हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

विद्युत चोरेर कमाउने २५ सय कर्मचारी सरुवा

माघ १२, २०७३- मिलोमतोमा हुने बिजुली चोरी नियन्त्रण गरी बढदो चुहावट घटाउन विद्युत प्राधिकरणले क्षेत्रीय वितरण कार्यालयका करिब २५ सय कर्मचारीलाई सरुवा गरेको छ । कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि चिुहावट घटाउन ८ वटै क्षेत्रीय वितरण केन्द्रलाई दिएको लक्ष्यअनुरूप काम हुन नसकेपछि कर्मचारी सरुवा गरिएको हो ।

विद्युत चुहावट लक्ष्यअनुरूप नघट्नुमा एउटै वितरण केन्द्रमा कार्यरत कर्मचारीको विभिन्न उद्योग र बढी खपत गर्ने ठूला ग्राहकसितको मिलोमतो हुनसक्ने निष्कर्षमा पुगेर प्राधिकरणले ठूलो संख्यामा सरुवा गरेको हो । प्राधिकरणको विद्युत चुहावट २५ प्रतिशत हाराहारीमा छ ।

नयाँ ठाउँमा सरुवा भएर जाँदा कर्मचारीको पुरानो नेक्सस टुट्ने र नयाँ ठाउँका बढी बिजुली खपत गर्ने ठूला ग्राहकसित ‘नाजायज सम्बन्ध’ बनाउन समय लाग्ने भएकाले चुहावट घट्ने प्राधिकरणका एक उच्च अधिकारीले बताए । ती अधिकारीका अनुसार सरुवा भएकामा २२ वर्षदेखि एकै ठाउँमा रहेका कर्मचारीसमेत छन् । सरुवाका साथै वितरण केन्द्रका कर्मचारीको ठूला ग्राहकसितको मिलोमतो र विद्युत चोरीबारे छानबिन गर्ने तयारी पनि प्राधिकरणले गरेको छ ।

राजधानीमा ठूला ग्राहकसित प्राधिकरणकै पूर्व र बहालवाला कर्मचारी मिलेर ठूलोमात्रामा विद्युत चोरीमा संलग्न भएको पाइएपछि महानगरीय प्रहरी अपराध महाशाखाले कारबाही अघि बढाएको छ । महाशाखाले प्राधिकरणका बहालवाला ११, १ पूर्व कर्मचारीसहित चार व्यापारीलाई पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको छ ।

प्राधिकरणका कर्मचारी संघ/संगठनहरूले पक्राउ परेका कर्मचारीहरूलाई कारबाहीबाट उन्मुक्ति दिन ऊर्जा मन्त्री शर्मा र कार्यकारी निर्देशक घिसिङलाई चर्को दबाब दिंदै आएको दाबीसमेत स्रोतको छ । स्रोतका अनुसार अरू वितरण केन्द्रमा समेत राजधानीमा जस्तै ठूला ग्राहकसित मिलेर विद्युत चोरी भइरहेको आशंकामा ठूलो संख्यामा कर्मचारी सरुवा गरिएको हो ।

प्राधिकरणका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईले तीन वर्षभन्दा बढी एकै ठाउँमा रहेका करिब २५ सय कर्मचारीलाई कानुनबमोजिम सरुवा गरिएको जानकारी दिए । ‘सरुवामा कानुन र मापदण्ड मिचिएको छैन’ उनले भने( ‘क्षेत्रीय वितरण केन्द्रका कर्मचारीहरूलाई मात्र सरुवा गरिएको छ’ भट्टराईले भने । वितरण केन्द्रका कर्मचारी र ठूला ग्राहकको मिलोमतोमा विद्युत चोरी र चुहावट हुने गर्छ, प्राधिकरणका अरू शाखाका कर्मचारीहरूको विद्युत चोरी र चुहावटमा खासै संलग्नता नहुने भएकाले उनीहरूलाई खासै चलाइएको छैन ।

प्राधिकरणका अनुसार काठमाडौं क्षेत्रीय कार्यालयमा ७ सय ८१, जनकपुर क्षेत्रीय कार्यालयमा ३ सय ५४, विराटनगर क्षेत्रीय कार्यालयमा ३ सय २९ र हेटौंडा क्षेत्रीय कार्यालयमा २ सय ९२, बुटवल क्षेत्रीय कार्यालयमा २ सय ६५, पोखरा क्षेत्रीय कार्यालयमा १ सय ६६, नेपालगन्ज क्षेत्रीय कार्यालयमा १ सय ६१ र अत्तरिया क्षेत्रीय कार्यालयमा १ सय ३२ जना कर्मचारी सरुवामा परेका छन् ।

कांग्रेस र एमाले निकट कर्मचारी संगठनहरूले ठूलो संख्यामा भएको सरुवाको विरोध गर्दै बुधबार कार्यकारी निर्देशक घिसिङ र उपकार्यकारी निर्देशक भट्टराईको कार्यकक्ष घेराउ गरे । उनीहरूले ‘राजनीतिक पूर्वाग्रह’ आधारमा गरिएको सरुवा नसच्चिएसम्म विरोध जारी राख्ने चेतावनीसमेत दिएका छन् । ती संगठनले कमाउ अड्डामा रहेका आफ्नो संगठन सम्बद्ध कर्मचारीहरूको सरुवा भएकाले विरोध गरेको जानकारी प्राधिकरणका उच्च अधिकारीले दिए ।

कर्मचारी संगठनहरूले भने प्राधिकरणको आधिकरण ट्रेड युनियनको फागुन १८ मा चुनावलाई असर पर्ने दाबी गर्दै सरुवाको विरोध गरेको जानकारी उपकार्यकारी निर्देशक भट्टराईले जानकारी दिए । उनका अनुसार देशभरका कर्मचारीहरूले आधिकारिक ट्रेड युनियनमा मत दिन पाउने भएकाले सरुवाले मतदानमा कुनै असर पर्दैन । ऊर्जा मन्त्री जनार्दन शर्माको पार्टी माओवादी केन्द्र निकट कर्मचारी संगठनले भने सरुवाको विरोध गरेको छैन ।

पक्राउ परेकाहरूको सम्पत्तिको स्रोत छानबिन हुने
सेटिङमा मिटर बिगारेर बिजुली चोरी धन्दामा संलग्न भएको आरोपमा पक्राउ परेकालाई महानगरिय अपराध महाशाखाले ठगी धन्दामा मुद्दा चलाएको छ । गत माघ ९ मा ११ प्राधिकरणका कर्मचारी, एक पूर्व कर्मचारी र चार व्यापारीलाइ महाशाखाले पक्राउ गरेको थियो । मिटरको सुई उल्टो घुमाएर विद्युत खपतभन्दा कम पैसा उठाई संगठित रूपमा कमाउ धन्दामा बर्षौदेखी यो समुह लागिपरेको महाशाखाको प्रारम्भिक अध्ययनले देखाएको छ ।

महाशाखाका अनुसार अहिले ठगी मुद्धा चलाइए पनि पक्राउ परेकाहरुको सम्पत्तीको बारेमा जाँचबुझ थाल्ने तयारी थालिएको छ । महाशाखाका एसएसपी सर्वेन्द्र खनालले पक्राउ परेकामध्ये केहीको सम्पत्ती अस्वभाविक देखिएको भन्दै तिनको सम्पत्तिको स्रोत खोज्नुपर्ने बताए । उनले भने, ‘पक्राउ परेकाहरुको बयानका आधारमा संगठित विद्युत चोरीमा केही उपल्ला कर्मचारीतिर पनि अनुसन्धान सोझिएको छ ।’

महाशाखाका एक अनुसन्धान अधिकारीका अनुसार पक्राउ परेका धेरैजसो राजनीतिक दलको विभिन्न संगठनमा सक्रिय रहेको पाइएको छ । पक्राउ परकामध्ये विद्युत प्राधिकरणको हेटौडा वितरण केन्द्रमा कार्यरत महादेव प्रधान एमाले निकट ट्रेड युनियनका सल्लाहकार हुन भने रत्नपार्कस्थित प्राधिकरणको वितरण तथा सेवा निर्देशनालयका वरिष्ठ सहायक दिलबहादुर साउद कांग्रेस निकट कर्मचारी संघका केन्द्रिय सदस्य हुन् । त्यस्तै मिटर रिडर मनिज श्रेष्ठ नेपाली काँग्रेस निकट कर्मचारी संघका कोषाध्यक्ष हुन् ।

विद्युत चोरीको संगठित गिरोहको हप्तौदेखीको निगरानी पश्चात महाशाखाले उनीहरुलाई पक्राउ गरेको थियो । महाशाखाका अनुसार सुरुमा मिटर रिडरहरुले ब्यवसायी र घरधनीलाई मिटरमा जती रकम उठेपनि थोरै पैसा तिरेर उम्किन मिल्ने उपाय सुझाउँछन् ।

मिटरमा जति रकम उठेपनि मिटर रिडरले थोरै रकम उठेको बिल तयार पार्छन् र प्राधिकरणकै प्राविधिक कर्मचारीको सहयोगमा मिटरमा लगाइएको सिलबन्दी तोडेर मिटर उल्टो घुम्ने बनाउँछन् । त्यसपछि मिटर जुन अंकमा पुगेको भएपनि विलमा चढाइएको रकमकै ठाउँमा मिटरको नम्बर आइपुग्छ ।

खनालका अनुसार यस्तो थुप्रै गिरोह छन, तर सबै संगठित छन् । महाशाखाको एसएसपी सर्वेन्द्र खनालले चोरीको संगठित गिरोहको पहिचान भइसकेको र थप व्यक्ति छिट्टै पक्राउ पर्ने बताए । @ इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution