तामाङ सोसाइटी अफ अमेरिकाले सोनाम ल्होछार भव्यताका साथ मनाउने

न्युयोर्क – तामाङ सोसाइटी अफ अमेरिकाले २८५३ ज्या ल्हो (चरा वर्ग) सोनाम ल्होछारको पावन अवसरमा यही आउँदो २८ जनवरी २०१७ (शनिबार)का दिन भव्यताका ल्होछार कार्यक्रम भव्यताको साथ मनाउन भएको छ |
”तामाङ सांस्कृतिक एवं बौद्ध केन्द्रको चाहना भाषा, धर्म र संस्कृतिको जर्गेर्ना” भन्ने मूल नाराका साथ सोसाइटीले विशेष सांस्कृतिक कार्यक्रमसहित ल्होछार मनाउन लागेको हो ।
तामाङ समुदायको भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने हेतुले स्थापित सोसाइटीले ल्होछारलाई नयाँ वर्षको रुपमा विविध सांस्कृतिक कार्यक्रमहरु गर्दै भव्यरुपमा मनाउँदै आएको छ ।
हरेक वर्ष झै यसपटकको ल्होछारलाई भव्यताकासाथ मनाउन लागि आदरणीय तामाङ दाजुभाई तथा दिदिबहिनीहरुको सहयोगको पूर्ण अपेक्षा गर्दै जनवरी २८ तारिखका दिन ल्होछार कार्यक्रममा सहभागी जनाई भव्य रूपले सफल पारि दिनु हुन संस्था द्वारा सबैमा विनम्र अनुरोध गरेको छ |