तामाङ घेदुङ साउदी अरबले सोनाम ल्होछार भव्यताको साथ मनाउने

तामाङ घेदुङ साउदी अरब द्वारा तामाङ लगायत सम्पूर्ण हिमाली महायानी बौद्ध मार्गी समुदायहरुको महान साझा राष्ट्रिय धार्मिक-साँस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होछार (मञ्जुश्री सम्बत) २८५३ मे खाम/युम (अग्नि तत्व/स्त्री) नामे/ज्या ल्हो (चरा वर्ग) को अवसरमा यहि आउँदो २७ जनवरी २०१७ (शुक्रवार)का दिन जेद्धाको सरफिया स्थित हिलटप रेष्टुरेन्टमा भव्यताको साथ मनाउने भएको छ |
घेदुङद्वारा आयोजित ल्होछार सांस्कृतिक समारोहमा पाल्नु हुन जेद्धा र आसपासका क्षेत्रमा रहनु भएका नेपाली दाजु भाइ तथा दिदिबहिनिहरुलाई हार्दिक उपस्थितको लागि हार्दिक आमन्त्रण गरेको छ | साथै ल्होछारको अवसरमा तामाङ समुदाय लगायत सम्पूर्ण नेपालीहरुमा सुख , शान्ति र समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ |
छार्गाइ ल्हेगाइ छेह्रेङ्गाइ, सोनाम ल्होछारला ज्याबाडान्बा !!
༆ལྷོ་ཙར་ལ་ ཛྱ་བ་ ཌན་བ་༎
तामाङ घेदुङ साउदी अरब, परिवार ।