ह्योल्मो समाज इजरायलको ल्होसरमा हार्दिक निमन्त्रणा (भिडियो सहित)

तेलअविव-ह्योल्मो समाज इजरायलद्वारा ह्योल्मो जातिको धर्मिक / सांस्कृतिक राष्ट्रिय महान चाड २१४४ औ सोनम ल्होसर( च्हा ,ल्हो ) चरा वर्षको मंगलमय सुखद पावन अवसरमा हाम्रो ह्योल्मो समुदायहरुको आफ्नो मौलिक भाषा, धर्म, सास्कृतिक कला, साहित्य, लिपि, चाड पर्व भेष , भुषा परम्पराहरुको संरक्षण सम्वर्धन र विकासको उदेश्य लिएर यहि आउने २७ जनवरी २०१७ (शुक्रबार) साँझ ७ बजे देखि तेलस्थित किबुज ग्लुयोत स्ट्रिट – ४६ ( kibbuz Galuyot st. -46) मा रहेको स्टोपा पार्टी हलमा ल्होसर सांस्कृतिक -२०१७ कार्यक्रम भब्यताको साथ मनाउने भएको छ
ल्होसर सांस्कृतिक कार्यक्रमको भब्यतापुर्वक मनाउन र अथिती महानुभावहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्नको निमित्त नेपालबाट आमन्त्रित ह्योल्मो चर्चित लोकप्रिय गायिका डोमा ह्योल्मोको साथमा स्थानीय प्रतिभाशाली कलाकारहरुले धमाकेदार सांगीतिक प्रस्तुतिहरुबाट दर्शक अथिती महानुभावहरुलाई थप मनोरञ्जन प्रदान दिने भएको छ ।
संगितिक प्रस्तुति संगै रात्री भोजको पनि ब्यवस्ता रहेको हुँदा इजरायलबासी ह्योल्मो आजि , न्हुमु , अदा,न्होन्हो हरुलाई आफ्नो मौलिक पहिचान झल्काउने भेषभुषा गर- गहना सु-सुज्जित साथै आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणाको साथ ल्होसर सांस्कृतिक कार्यक्रमको शोभा बढाई भब्यता पुर्वक सफल पार्न सबैमा हार्दिक अनुरोध गरेको छ |