हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

प्रवासमा नेपालका पर्यटन दूतहरुको भिड , सबै योग्य ब्यक्ति छनोट भएका छन् त ?


पछिल्लो समय प्रवासमा पर्यटन दूत नियुक्तिको समाचार नियमित जसो सुन्न पाइन्छ । युरोपेली मुलुकहरुमा हप्ता–दस दिनमै एक न एक पर्यटन दूत नियुक्तिको खबर आउने गरेको छ ।

पर्यटन दूत केका लागि भन्नेबारे धेरै जना अनविज्ञ छन् । विदेशका नेपाली समुदायको एक हिस्सामा भ्रम छ, यो सरकारले दिएको पद हो र मासिक रुपमा तलब पनि आउँछ । तर, पर्यटन दूत तलब र कुनै पनि सुविधा नलिई देशको पर्यटन विकासमा काम गर्ने जिम्मेवारी हो ।
दूत बनेका व्यक्तिहरुले आफूले के काम गर्ने, समाजमा पर्यटन दूतबारे फैलिएका भ्रम कसरी चिर्ने र नेपाली समुदायलाई कसरी बुझाउने भनेर केन्द्रित भएको पाइँदैन । अब विदेशी समुदायलाई नै केन्द्रित गरेर नेपालको पर्यटन विकासलाई कसरी सघाउलान् ? यो त झनै चासोको विषय बनेको छ ।

राजनीतिक आडमा दूत नियुक्ति

सर्वप्रथम दूत नियुक्तिको विषयलाई नै जोडौं । पर्यटन दूत नियुक्तिलाई राजनीतिक भागबण्डाको एक अंशको रुपमा बुझ्दा फरक पर्दैन । केही महिनाअघि नेकपा एमाले नेतृत्वको सरकार हुँदा बेल्जियम, डेनमार्क,फ्रान्स, स्पेनमा गरी एकैचोटि पर्यटन दूतहरु नियुक्त भए । एमालेकै विदेशस्थित भ्रातृ संस्था प्रवासी नेपाली मञ्च निकटहरुले दूतको नियुक्ति पाए ।

एमाले नेतृत्वको सरकार ढलेसँगै पासा पनि पल्टियो । अहिले मुख्यतया माओवादी केन्द्र र नेपाली कांगेस सरकारका रहँदा फेरि दूतहरु भटाभट नियुक्त भइरहेका छन् । यस क्रममा सरकारमा रहेका दल निकटहरुलाई अवसर मिलेको छ ।

पछिल्लो क्रममा कांगेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति निकटहरु दूतमा नियुक्त भएका छन् । नेपालमा सरकार परिवर्तन भएर धेरैले मन्त्री बन्ने अवसर पाए जस्तै प्रवासमा भने राजनीतिक आडमा दूत बन्ने मौका मिल्यो । नेपालमा सरकार ढलेपछि मन्त्री पद सकिन्छ । तर,यता एकपटक दूत नियुक्त भएपछि दुई वर्ष अवधि हुने भएकोले संख्या थपिँदै गएको देखियो ।

नियुक्ति पाएका दूतहरु विदेशी नागरिकहरु बाहेक प्राय: सबै जना कुनै न कुनै राजनीतिक दल निकट नै छन् । प्रवासमा रहेर प्रर्यटनको क्षेत्रमा काम गरेका, विज्ञ नेपालीहरुले भने दूत बन्ने मौका पाएनन् वा त्यसको कुनै खोजी नै भएन । दूत बनेकामा काम गर्ने क्षमता भएका व्यक्ति निकै थोरै छन् ।

दूतहरु थपिँदै जाँदा साँच्चिकै काम गर्ने चाहनेहरुको मन पनि अहिले खिन्न छ । केही महिनाअघि मात्र नियुक्त एक पर्यटन दूतले भने, ‘यस्तो जात्रा हुन्छ भन्ने थाहा पाएको भए म दूत बन्ने नै थिइनँ । नियुक्ति धेरै भयो । यसबारे सम्बन्धित निकायले बेलैमा सोच्नुपर्छ । कम्तीमा काम गर्ने मन भएकाहरुलाई वातावरण त बनाइदिनुपर्‍यो ।‘

राजदूत मागेको देशमा पर्यटन दूतको भिड

स्पेनमा रहेका नेपाली समुदायले करिब एक दशकअघिदेखि नेपाली दूतावासको माग गर्दै आएका छन् । तर, त्यहाँ पर्यटन दूत मात्रै पठाउने काम भएको छ । राजदूतावाससँगै राजदूत पनि आउलान् भनेर बाटो हेरिरहेका नेपालीहरुलाई पर्यटन दूत मात्र थपिँदा खिन्न छन् ।

यसै महिना मात्र पर्यटन दूत नियुक्त भएका एकराज गिरी र चिन्तामणि सापकोटा समेत गरी हाल स्पेनमा पर्यटन दूतको संख्या चार पुगिसकेको छ । पर्यटन बोर्डले आफ्नो वेबसाइटमा अपडेट गरे अनुसार स्पेनिस नागरिक मार्कोस फर्नान्डेज पनि नेपालका पर्यटन दूत छन् । उनलाई सन् २०१८ को अक्टोबरसम्म जिम्मेवारी तोकिएको छ ।

यसअघि बोर्डले २०१८ जुलाईसम्म दीपक खरेललाई नियुक्त गरेको थियो । फर्नान्डेजलाई म्याड्रिड तथा खरेललाई बार्सिलोना क्षेत्रका लागि तोकिएको बोर्डको साइटबाट थाहा हुन्छ । तर, फेरि सोही क्षेत्रका लागि यसै महिना दुई जना नयाँ दूतहरु थपिए । हालै थपिएका दूतहरुको विवरण भने बोर्डले आफ्नो साइटमा अपडेट गरिसकेको छैन । दूत थपिने क्रम नरोकिएपछि स्पेनमा रहेका नेपालीहरुले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक पोस्ट गरेका छन् ।

स्रोतका अनुसार स्पेनका लागि पर्यटन दूत बन्ने लविङ अझै चलिरहेको छ ।

युरोपमा कहाँ कति पर्यटन दूत ?

पर्यटन बोर्डको वेबसाइट अनुसार, रसियामा तीन जना, बेल्जियम, डेनमार्क, जर्मन, नेदरल्याण्ड र फ्रान्समा दुई-दुई जना दूतहरु नियुक्त भएका छन् । यस्तै फिनल्याण्ड, टर्की, नर्वे, स्वीडेन, स्वीट्जरल्याण्ड, पोल्यान्ड, पोर्चुगलमा लागि एक- एक जना पर्यटन दूत छन् ।

युरोपेली मुलुकमा अहिले दूत बन्न तँछाड-मछाड जस्तै छ । विभिन्न औपचारिक कार्यक्रममा अतिथि बन्ने अवसर मिल्ने भएकोले यसप्रतिको मोह राम्रै देखिन्छ । यहीँबाट सम्पर्क गरेर लविङ गर्नुका साथै कतिपय त दूत बन्ने इच्छा जाहेर गर्न नेपाल समेत पुग्ने गरेका छन् ।

खासगरी गैरआवासीय नेपाली संघमा काम गरेका तथा विभिन्न राजनीतिक दलहरुको भ्रातृ संस्थामा आबद्ध भएकाहरुले नै दूतमा वर्चश्व जमाएका छन् ।

देशको पर्यटन विकासमा योगदान गर्ने मौका

आफ्नो देशको पर्यटन विकासका लागि विशुद्ध सेवा भावका साथ काम गर्न चाहनेका लागि पर्यटन दूत बन्नु राम्रो अवसर हो । तर, पछिल्लो क्रममा विभिन्न देशहरुमा भएको नियुक्ति हेर्दा त्यस्तो कुनै संकेत देखिँदैन ।

‘घुम्नका लागि नेपाल राम्रो गन्तव्य हो‘ भनेर विदेशी समुदायमाझ सूचना प्रवाह गर्न सक्नु पर्यटन दूतको प्रमुख दायित्वमै पर्छ । यसका लागि पर्यटन बोर्डले अफिसियल लोगो, लेटरप्याड, भिजिटिङ कार्ड लगायत विभिन्न सामग्री उपलब्ध गराएको हुन्छ ।

अर्कोतर्फ, नेपाली दूतावास, कन्सुलर कार्यालय, विभिन्न कूटनीतिक नियोगहरुमा सम्पर्क गरी पर्यटन विकास र प्रवर्द्धनका लागि पहल गर्नु अर्को जिम्मेवारी हो । तर, यी जिम्मेवारी पूरा गर्न दूतको संख्या बढाएर हुँदैन । दूत बनेका व्यक्तिमा सेवा भाव हुनु अपरिहार्य छ ।

दूतको जिम्मेवारी पाएकाहरुले के–कस्तो काम गरे भनेर मूल्याङ्कन नै नगरी दूतको पदलाई सस्तो बनाउनु कदापि राम्रो होइन । नेपाली समुदायले गर्ने औपचारिक कार्यक्रमहरुमा सहभागी भएर खादा लगाउने र भाषण गर्ने मात्र दूतको जिम्मेवारी होइन । यो त पदको दुरुपयोग मात्र हो । त्यसैले जिम्मेवारी पाउने व्यक्ति आफ्नो दायित्वप्रति गम्भीर हुन जरुरी छ ।

दूत बन्नुअघि नै आफू सो पदको लागि उचित हो वा होइन, जिम्मेवारी निर्वाह गर्न सक्षम छु वा छैन भन्नेबारे मनन गर्दा उपयुक्त हुनेछ । दूत हुने व्यक्तिमा सम्बन्धित देशको भाषामा दख्खल, विदेशी समाजसँग घुलमिल, कूटनीतिक सम्बन्ध स्थापित गर्न सक्ने लगायतका खुबीहरु आवश्यक हुन्छ ।

औपचारिक कार्यक्रममा समेत नेपालीमा भाषण गरेर विदेशी पर्यटक कसरी नेपाल पुग्लान् ? त्यतातिर पनि सोच्ने कि ? यद्यपि विभिन्न मुलुकका लागि नियुक्त भएका पयर्टन दूतहरुलाई सफल कार्यकालको शुभकामना !

 

-वसन्त रानाभाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution