मिस तामाङ पोखरा बनिन् दीप्ति गोम्जा तामाङ

पोखरा , माघ ९ | मिस तामाङ पोखरा २०१७ को उपाधी सिम्पानी पोखराकी दीप्ति गोम्जा तामाङले जितेकी छिन । नेपाल तामाङ घेदुङ्ग प्रदेश नम्बर ४ का अध्यक्ष दिपक वाइवा तामाङले “तामाङ समुदाय समृद्ध समुदायका रुपमा चिनिन्छ , परिभाषित गर्नुहोस ?” भन्ने साझा प्रश्नको उत्कृष्ट जवाफ दिंदै यस वर्षको मिस तामाङ पोखराको ताज जित्न सफल भएकी हुन । उनले मिस ट्यालेण्टको सवटाइटल पनि प्राप्त गरिन् ।
२८५३ औं सोनाम ल्होछारको अवसरमा बैदाम तामाङ सेवा समाजले आयोजना प्रतियोगितामा लेखनाथकी सीता तामाङ मिस ब्युटिफुल विथ परपोजको सवटाइटल संगै फस्ट रनरअप तथा मालेपाटनका अरुणा लामा मिस कन्फिडेण्टको सवटाइटल संगै सेकेण्ड रनरअप बनिन ।
यसैगरि पब्लिक च्वाइस अवार्ड लेखनाथकी मञ्जु तामाङले बाजी मारिन ।
विजेता उपविजेता तथा पब्लिक च्वाइसले क्रमश एन आइ सि एशिया बैंकको तर्फबाट नगद रु २५ हजार, १५ हजार , १० हजार तथा ७ हजार ५ सय प्राप्त गरे । विजेताहरुलाई एनआइसी एशियाका क्षेत्रिय प्रबन्धक दिपेन्द्र शर्माले चेक हस्तान्तरण गरेका थिए ।
बिजेता तथा उपबिजेताहरुले फेशन डिजाइनिङ्ग तथा मण्टेश्वरी तालिमका छात्रबृत्ति समेत प्राप्त गरेका छन् ।
सिम्पानीका रिमा तामाङले मिस ब्युटिफुल, लेकसाइडका सृष्टि लामा मिस बेस्ट पर्फमर, जीता लामा मिस बेस्ट स्माइल, न्युरोडका मालिका बाल्पा तामाङ मिस बेस्ट स्किन, मालेपाटनका संगीता तामाङ मिस बेस्ट वक, भेडिफारामका प्रिया तामाङ मिस फोटोजेनिक, जिरोकिलोमिटरका पुनम तामाङ मिस फ्रेण्ड्ली, बगरका जगनकुमारी तामाङ मिस कल्चर तथा लेकसाइडका अञ्जली लामाले मिस बेस्ट पर्सनालिटीको सवटाइटल जितिन ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ्ग प्रदेश नम्बर ४ का अध्यक्ष दिपक वाइवा तामाङ, नेपाल तामाङ घेदुङ्ग कास्कीका पुर्व सहसचिब मिनमाया तामाङ, गीतकार तीर्थ तामाङ, माछापुच्छ्रे एफ एमका स्टेशन म्यानेजर कञ्चन थापा र फेशन फेडरेशन नेपालका अध्यक्ष नविन लुइटेल निर्णायक रहेका थिए । उक्त अवसरमा सानो बाबु सानो परि प्रतियोगितामा उपविजेता बन्न सफल सिसा तामाङ, माहिर तामाङ र आकृति लामा रुम्वालाई सम्मान गरिएको थियो । कार्यक्रम संजय मल्ल लगायतले गरेका थिए ।
ग्याजर्दी लेकसाइडमा निर्माणाधिन रेञ्छिन तेरजोट तामाङ शान्ती गुम्बाको निर्माण सहयोगार्थ आयोजित चौथो ल्होछार म्युजिकल फेस्टिवल तथा दोस्रो मिस तामाङ कार्यक्रममा गायक चन्द्रकुमार दोङ्ग तथा गायिका शशिकला मोक्तानले गीत गाएको संस्था अध्यक्ष ज्याक तामाङले बताए ।
@ विजय नेपाल