तामाङ समाज बेल्जियमले सोनाम ल्होछार भव्यताको साथ मनाउने

तामाङ समाज बेल्जियमद्वारा तामाङ जातीले परापुर्ब कालदेखि मनाउदै आएको ल्हो अनुसार गनिने १२ ल्हो (वर्ग ) मा यस बर्ष बाँदर ( ल्हो ) बर्गलाई बिदाई गर्दै चरा (ल्हो ) बर्गलाई स्वागत गर्दै २८५३ सोनाम ल्होछार आउँदो २८ जनवरी २०१७ (शनिबार ) लुभेनमा भव्यताको साथ मनाउने भएको छ ।
ल्होछार कार्यक्रमको लागि नेपालबाट तीन जना चर्चित कलाकारहरु गायक सागर एस वाइबा , डान्सर रश्मी तामाङ र गायक सन्तोष लामा (नेपाली तारा-२) आउनु हुने आयोजकले जनाएको छ | वहाँहरुको साथमा यूरोपमा आफ्नो कर्म थलो बनाउदै स्थायी रुपमा बस्दै आउनु भएका पप गायक मेघ लामा र डान्सर संजय लामाले मनोरन्जनात्मक बेजोड सांगीतिक प्रस्तुति समेत रहने बताएको छ |
बेल्जियमवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई ल्होछार कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरेको छ |