अन्तराष्ट्रिय नेपाली समाज इजरायल (नयाँ शक्ति)को प्रथम ऐतिहासिक अधिवेशन १० मार्चमा हुने

तेलअविव – नयाँ शक्ति नेपालको उदेश्य पुरा गर्न अझै ससक्त रुपले अघि बढ्न अन्तराष्ट्रिय नेपाली समाज इजरायलको प्रथम ऐतिहासिक अधिवेशन आउँदो १० मार्च २०१७ (शुक्रबार) का दिन हुने पार्टीको जनवरी १९ तारिख बिहिवार अ.ने.स्.इ. का संयोजक बी बी लामा तामाङको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले निर्णय गरेको हो |
अधिवेशन नेपाली राजदुतावास तेलअविव अगाडी रहेको खुल्ला स्थानमा हुने भएको छ | कार्यक्रम स्थलसम्मको लागि यातायातको व्यवस्था गरिएको जनाएको छ |
जनताको ठुलो बलिदानबाट प्राप्त उपलब्धिलाइ सस्थागत गर्दै संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ घोषणासँगै नेपालमा नयाँ युगको नयाँ आवश्यकता पूर्ति गर्ने वैकल्पिक राजनीतिक धारको आवस्यकता ठहर गरि देशलाई तीब्र उत्पादन, न्यायपूर्ण वितरण र समृद्धिको नयाँ युगमा प्रवेश गराउनको लागि समृद्धि–उन्मुख शैली, संस्कार, सोंच र दृष्टिकोणसहितको नयाँ राजनैतिक शक्ति ,बैकल्पिक शक्ति ” नयाँ शक्ति पार्टी नेपाल ” स्थापना भएको हो |
नयाँ शक्तिको मुख्य लक्ष्य र औचित्य हाम्रै जीवनकालमा नेपाललाई समृद्ध र सुखी मुलुकमा रुपान्तरण गर्नु हो । यहि लक्ष्य प्राप्ति गर्न संगठन निर्माणमा पार्टी जुटिरहेको अवस्था छ | छोटो समयमा नै देशको ७५ वटै जिल्लामा संगठन बिस्तार भईसकेको छ र साथै आजको निकास आर्थिक बिकासलाइ टेवा दिन अन्तराष्ट्रिय नेपाली समाजको नाममा नयाँ शक्ति नेपालको प्रवास संगठनहरु २७ भन्दा बढी राष्ट्रहरुमा निर्माण भई सकि बिकाशप्रेमी प्रवासी नेपालीहरु नयाँ शक्ति नेपालमा गोलबन्द हुने क्रम बढ्दो छ | यसै सिलसिलामा अन्तरास्ट्रिय नेपाली समाज इजरायल गत बर्षको अप्रिलमा गठन/निर्माण भए संगै इजरायल अवस्थित नेपालीहरुको संलग्नता अनि चासो बढिरहेको पाइएको छ |
उक्त अधिबेशनमा नेपाली राजदुताबास इजरायल र इजरायल अवस्थित बिभिन्न पार्टीका भात्रृ संगठनहरु , सामाजिक संघ संस्थाहरु, बुद्धिजीवी, समाजसेबी पत्रकार सबैको उपस्थितिको लागि निमन्त्रणा तथा जानकारी गरिने कुरा अ.ने.स्.इ.का प्रबक्ता दावा योन्जनले तामाङअनलाइनलाई बताउनु भयो | वहाँले ऐतिहासिक प्रथम अधिबेसन सफल पार्न सबैको सहयोग सहभागिता हुने आशा पनि व्यक्त गर्नु भएको छ |