हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको लागि हस्ताक्षर संकलन नै किन ?

नयाँ शक्ति पार्टी नेपालले स्वदेश तथा विदेशबाट सम्पूर्ण नेपालीको माग  भएतापनि जारी संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपति/प्रधानमन्त्रीको ब्यवस्था नगरिएकोमा दश लाख हस्ताक्षर संकलन गरी सरकारलाई  बुझाउन अभियान सुरु गरेको छ |   संबिधानमा विभिन्न बहानामा संबिधान संशोधन हुँदा र प्रक्रिया थाल्दा यो बिषयको मुद्दा पर्दैन ? यो मुद्दालाइ संबिधान संशोधनमा राखियोस् भन्ने चाहनुहुन्छ भने सम्पूर्ण दल र सरकारलाई दबाब दिना हस्ताक्षर अभियानमा सहभागी र हस्ताक्षर गरेर  आवाजलाई  बुलन्द  गर्नु अबको आवश्यकता हो |
देशमा ९ – ९ महिनामा सत्ता परिबर्तन हुने बिदेशीका इसारामा केहि मुट्ठीभर नेताहरुका प्रधानमन्त्रि ,मन्त्रि बन्ने सपनाहरु पुराभईरहंदा पनि जनताका इच्छा ,चाहना उस्तै हुने, देश झन् बिकराल स्थितिती तिर गईरहेको छ  ।  महंगी , कालाबजारी र भ्रष्टाचारले जरोगाडेर माफियातन्त्रले जे चाह्यो त्यहि मात्र हुने स्थिति छ । बिगत १० बर्षमा १० थान प्रधानमन्त्री पाउनु , प्रजातन्त्रको २६ बर्षमा २३ थान सरकार परिबर्तनले मुलुकको बेथिति र अविकसितताको कारण प्रष्ट जनाउ दिएको छ ।
बिबेकशिल, बुद्धिजीवि समूह आज विभिन्न स्वार्थ समुहमा चिरा-चिरा परेको छ । संबिधान लेखनको प्रक्रियामा बहुमत जनताको चाहना प्रत्यक्ष  निर्वाचित कार्यकारी हुँदा-हुदै जबजस्ती अहिलेको जस्तो वर्षदिन नपुग्दै सरकार फेर्ने मिलेर खाने नियत स्वरुप संसदीय प्रणालीमा सहमत गरि संबिधानमा लेखिएको जगजाहेर छ ।
अहिले नयाँ  संबिधानको कार्यन्वयन भन्दै ९ – ९ महिनामा फेरी आलोपालो सरकार परिबर्तन गर्ने दलहरु बीच सहमति भईरहेको छ । यो खेल अब सधै जारि रहने निश्चित छ । जनताले माओबादी केहि मधेशी दल र एमाले पार्टीको घोषणा पत्रमा प्रत्यक्ष  निर्वाचित प्रमुखको  लागि मत पनि दिएका थिए  र कांग्रेसमा पनि अधिकांश जनताको माग थियो  । आखिर फेरी किन संसदीय परिपार्टी अनुसार प्रधानमन्त्रि चुनिने खेल मैदानका लागि संबिधान बनाइयो ? सम्पूर्ण नयाँ  परिबर्तनकारी  शक्तिहरु अब जनताको अधिकार स्थापनाको लागि निम्न माग राख्दै हस्ताक्षर अभियान थालनी सुरु गरेको हो |
हस्ताक्षर संकलनको मुख्य उद्देश्य भन्नु नै  देशमा प्रत्यक्ष  निर्वाचित कार्यकारीको लागि वर्तमान संबिधानमा संशोधन माग वा प्रत्यक्ष  निर्वाचित कार्यकारी व्यवस्थाको लागि जनमत संग्रहबाट फैसला गर्नु हो ।

मुख्य उद्देश्यहरु 
– सम्बृद्ध नेपालको लागि स्थाई सरकार,स्थाई सरकारको लागि प्रतक्ष निर्वाचित् कार्यकारीका लागि
– बिदेशीको इसारामा पटक पटक प्रधानमन्त्री र सरकार स्वार्थ अनुसार परिबर्तन हुने परिपार्टीको अन्तको लागि
– आफ्नो देशको कार्यकारी बिदेशीले हैन जनताले प्रतक्ष मत दिएर ५ वर्ष सम्म काम गर्न दिनको लागि
–  ९ – ९ महिना मिलेर खाने सिन्डिकेट प्रथा तोड्न
– मुट्ठी भर ८-१० नेताहरुको स्वार्थ अनुसार देश हिडाएर देश र जनताको स्वार्थ ओझेलमा पारीने खेल्न बन्द गर्न
जनताको अधिकार स्थापना गर्न नेपालमा स्थित्व , शान्ति र सम्बृद्धीका लागि हस्ताक्षर संकलन अभियानमा सहभागी भई  आफ्नो मतको  सद्युपयोग गरौ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution