हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायलबाट दाेर्जे छाेलिङ गुम्बालाई रु २ लाख ३० हजार सहयोग

इजरायलमा कार्यरत अाङछिरी शेर्पाकाे पहलमा त्यहाँ रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुबाट सहयोग संकलन गरि दाेर्जे छाेलिङ गुम्बा ,दाेलखालाई रु २ लाख ३० हजार अार्थिक सहयोग हस्तान्तरण गरिएको छ। उक्त सहयोग रकम इजरायलबाट  दासाङ्गे शेर्पालाई पठाई सम्बन्धित ब्यक्ति दाेर्जे छाेलिङ गुम्बाका अध्यक्ष  पेम्छाेङ शेर्पा साथै गुम्बा ब्यबस्थापन समितिलाई  माघ ५ गते अार्थिक सहयोग हस्तान्तरण गरिएको हो ।  नेपालमा रकम सम्बन्धित ठाउँमा पुर्याउन सहयोग गर्नु हुने र इजरायलमा अार्थिक सहयोग गर्नु हुने सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा शेर्पाकाे तर्फबाट र गुम्बा समितिकाे तर्फबाट धेरै धेरै धन्यवाद ब्यक्त  गरेका छन् |

२०७२ सालकाे बिनाशकारी भुकम्पबाट क्षतिग्रस्त दाेलखा जिल्ला, चिलंखा गा.बि.स., वडा नं.३ स्थित रहेको पुरातात्त्विक , एेतिहासिक तथा धार्मिक स्थलकाे दुई वटै गुम्बा एक – च्याङछुप मेन्दाेक गुम्बा र अर्काे दाेर्जे छाेलिङ गुम्बा पुर्ण रुपमा क्षतिग्रस्त भएको थियाे त्यसैले यसलाई पुनर्निर्माण गर्नु हाम्रो कर्तव्य र जिम्मेवारी हाे भन्दै उहाँले याे एउटा एक ब्यक्ति , गाउँ र गा.बि.स. काे मात्र नभई जिल्ला तथा देशकै ऐतिहासिक तथा धार्मिक स्थल भएको हुनाले पनि यसकाे पुनर्निर्माण अनि संरक्षण र सम्बर्द्धन अाजकाे हाम्रो अाबश्यकता रहेकाे बताउनु भएको छ।

साथै शेर्पाले कुनै पनि देश सम्बृद्द हुनकाे लागि अार्थिक , सामाजिक ,शैक्षिक , साँस्कृतिक , राजनैतिक ,धार्मिक रुपमा सबल र सक्षम हुन अत्यन्तै जरुरी रहेकाे बताउदै त्यसैले हाम्रो जस्तो सानाे देश भए पनि साँस्कृतिक तथा धार्मिक रुपमा धनी मानिने र बिश्वले नेपाल धार्मिक तथा साँस्कृतिक रुपमा धनी देश भनेर चिनिने भएकोले र याे हाम्रो समाज र देशकै शाेभा बढाउने तथा याे राष्ट्रकै सम्पत्ति भएकोले राज्यको पनि पुर्ण रुपमा ध्यान जानु पर्ने र यसकाे संरक्षण र सम्बर्द्धन जाेड दिनु पर्ने बताउनु भएको छ।
तर बिडम्बना राज्यले अहिले सम्म त्यति चासो र उत्सुकताका साथ नहेरिएकाे र राज्यको ध्यान यसतर्फ नगएकाे देखिन्छ ।त्यसैले अब हामीले दबाब दिएर भए पनि ध्यान केन्द्रीत गराउनुपर्ने देखिन्छ। साथै साथै राज्य सँगै हरेक सचेत नागरिकहरुले भुकम्प पछिकाे मेराे देशकाे पुनर्निर्माण ,मेराे देशकाे बिकास र मेरो देशकाे सम्बृद्दी मेराे पनि जिम्मेवारी हाे भन्ने कुराकाे बाेध हुन जरुरी छ अनि मात्रै सम्पूर्ण ब्यक्ति , समाज र राज्य नै एक भएर अगाडि बढेमा हाम्रो देशकाे बिकास र सम्बृद्वि सम्भब हुने र सम्बृद्द नेपालकाे परिकल्पना गर्न सकिने पनि शेर्पाले बताउनु भएको छ।याे त एउटा नमुना मात्र हाे हाे यस्तै अाेझेलमा परेका धेरै ऐेतिहाँसिक, धार्मिक तथा पुरातात्त्विक गुम्बाहरु , मठ मन्दिरहरु र राष्ट्रकै सम्पत्ति तथा गाैरब मानिने र बिश्वमा नेपाललाई चिनाउने यी यस्ता बस्तुहरुकाे तथा गाैरबका पक्षहरुकाे पुनर्निर्माण अनि संरक्षण र सम्बर्द्धनमा राज्यले बिशेष जाेड दिनुपर्ने र राज्य सँगै नागरिकले पनि जाेड दिनुपर्ने शेर्पाले बताउनु भएको छ।

अाङछिरी शेर्पा नेपाल शेर्पा संघ इजरायलकाे अध्यक्ष पनि हुनुहुन्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution