विश्वभर इन्टरपोलको रेडकर्नर नोटिसमा रहेका नेपालीहरु (सूचीसहित)

माघ ७ – काठमाडौंमा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलको २३ औं एसियन क्षेत्रीय सम्मेलन शुक्रवार सम्पन्न हुँदैछ । काठमाडौंमा इन्टरपोलको सम्मेलन चलिरहँदा संसारभर ४४ जना नेपाली रेडकर्नर नोटिसमा छन् ।
के हो इन्टरपोल ?
सूचना र प्रविधिको विकाससँगै अपराध पनि अन्तर्राष्ट्रिय स्तरमा झा“गिदै गएको छ । यसरी बढेको अपराधको भौगोलिकीकरणसँगै विभिन्न देशका प्रहरी संगठनहरूबीच समन्वय र सहकार्यका लागि इन्टरपोलको गठन भएको हो ।
मुख्य गरी विभिन्न देशमा लुकेर बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरका प्रहरी संगठनभित्र सहकार्यका निम्ति अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सन् १९२३ मा गठन गरिएको हो ।
नेपाल इन्टरपोलको सयौं सदस्य राष्ट्र हो । इन्टरपोलमा हालसम्म एक सय ९० देश सदस्य छन् । इन्टरपोलले सम्बन्धित देशको प्रहरी संगठनको सिफारिशमा रेड कर्नर नोटिस जारी गर्छ ।
के हो रेडकर्नर नोटिस ?
सम्बन्धित देशको प्रहरी संगठनको सिफारिशमा इन्टरपोलले रेडकर्नर नोटिस जारी गर्छ । अदालतबाट मुद्दा फैसला भई अपराधी लुकीछिपी भागे वा लामो समय फरार भए, त्यस देशले इन्टरपोललाई रेडकर्नर नोटिस जारी गर्न अनुरोध गर्छ ।
सोही अनुसार इन्टरपोलका सदस्य राष्ट्रहरूलाई जहाँ भएपनि पक्राउ गरी कानूनी कारवाहीका लागि बुझाउन आग्रहसहितको फोटोसहित सूचना प्रवाह गरिन्छ । इन्टरपोलको आग्रहमा अपराधीलाई सम्बन्धित देशका प्रहरीले निगरानी गरिरहेका हुन्छन् । सोही अनुरूप खोजी कार्य हुन्छ ।
विगतमा नेपाल प्रहरीले माओवादीका नेताहरूविरुद्ध पनि रेडकर्नर नोटिस जारी गरेको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि उनीहरूविरुद्ध लगाइएको रेडकर्नर नोटिस हटाइएको थियो ।
कस्ता व्यक्तिलाई कस्ता नोटिस जारी ?
फरार अभियुक्त खोज्न – रेडकर्नर नोटिस
हराएका व्यक्तिको खोजी गर्न – एल्लो नोटिस
डिफ्युजन, अपराधीबारे जानकारी दिन – ब्लु नोटिस
अपराधीको कार्यशैली जानकारी दिन – ग्रीन नोटिस
सनाखत हुन नसकेको शवबारे जानकारी दिन – ब्ल्याक नोटिस
हतियारबारे जानकारी दिन – ओरेन्ज नोटिस
४४ नेपाली रेडकर्नर नोटिसमा
इन्टरपोलको वेबसाइटमा रहेको तथ्याङ्क अनुसार अहिले संसारभर ४४ जना नेपाली रेडकर्नर नोटिसमा छन् । नेपाल प्रहरीको इन्टरपोल शाखाले मात्र १४ नेपाली र दुई विदेशी गरी १६ जनालाई रेडकर्नर नोटिस जारी गरेको छ ।
चोरी, ठगी, हत्या, वन्यजन्तुको चोरी शिकारी, बलात्कार जस्ता गम्भीर अपराधमा मुछिएको भन्दै उनीहरूविरुद्ध रेडकर्नर नोटिस जारी भएको हो ।
यी हुन् संसारभर रेडकर्नर नोटिसमा परेका नेपाली
रेडकर्नर नोटिसमा परेका नेपालीहरूमा भूपेन्द्र खड्का, विष्णुबहादुर लामा, रामबहादुर तामाङ, माधवी श्रेष्ठ, अनुप प्रधान, विनिता प्रधान, विपिन विष्ट, अभिशेष सिंह रहेका छन् ।
त्यस्तै भीमे दमाई, हरिहर भुसाल, राजेश भगादुर, रमेश भगादुर, प्रेम सिंह, अंगवीर बोहोरा, चित्रइन्द्रबहादुर सभद, राजबहादुर डोलबहादुर शाही, शिवराज फूलचन्द शर्मा, खुमराज थापा, नन्नु मगर, राजेश क्षेत्री, तहिर साह, रुद्र आचार्य, केशव मगर दर्लामी, रियाज फकिर, उमेस सापकोटा रहेका छन् ।
रेडकर्नरमा पर्ने अन्य नेपालीहरूमा देवी ओली, मनोजकर्ण जैगदी, कृष्णबहादुर औजी, भक्तबहादुर लामा, ठुलारामबहादुर, छिरिङ तासी, वीरेन्द्रबहादुर थापा, पंकज जोशी, चक्रसिंह ठकुरी, अविमोहम्मद अन्सारी, नुरमोहम्मद अन्सारी, फरमुलाह अन्सारी, ओकेन्द्रबहादुर सिंह, सुर्यबहादुर तामाङ, पशुपतिनाथ शुक्ला, रामकुमार यादव, राजेश बहादुर, पवनकुमार कार्की, सकिल हुसेन छन् ।
यी हुन् नेपालको इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेका व्यक्ति
भुपेन्द्र खड्का, भक्तबहादुर लामा, विष्णुबहादुर लामा, रामबहदुर तामाङ, केशव दर्लामी मगर, फकिर रियाज, अगवीर बोहोरा बसन्त, रामकुमार यादव, पशुपतिनाथ शुक्ला, रुद्र आचार्य, मो.सकिल हुसेन, ओकेन्द्रबहादुर सिंह, पवनकुमार कार्की र जीवनबहादुर अधिकारी ।
नेपालको इन्टरपोलले दुईजना विदेशीलाई पनि रेडकर्नर नोटिसमा राखेको छ । ती हुन्, हलदिया राहुल, भारत र इयान बकर, युनाइटेड स्टेड ।
अपराध पृथ्वीका लागि पनि घातक
इन्टरपोलका अध्यक्ष मेङ हुङवेईले अपराध मानवजातिका लागि मात्र नभई सिङ्गो पृथ्वीका लागि पनि घातक हुने बताएका छन् । ‘अपराध नियन्त्रणका लागि सबै राष्ट्र एकजुट हुनुपर्छ,’ उनी भन्छन् ।
रेडकर्नर नोटिस जारी भएकाहरूलाई खोजी गरिरहेको प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको भनाइ छ । ‘प्रविधिको प्रयोगसँगै अपराधका घटना विश्व प्रहरीका लागि नै चुनौतीपूर्ण बन्दै गइरहेको छ,’ अर्याल भन्छन् ।
नोटिस जारी भएपछि ती मुलुकको प्रहरीले अपराधीलाई पक्राउ गरेर सम्बन्धित देशलाई बुझाउनुपर्छ ।
प्रहरीका पूर्वएआइजी नवराज ढकालका अनुसार विदेशी नागरिक त्यो देशमा अपराध गरेर नेपाल आएको अवस्थामा फर्काउन सकिन्छ । तर अन्य देशमा अपराध गरेका नेपाली नेपालमा फेला परेपनि पक्राउ गरेर पठाउन भने मिल्दैन ।
सुपुर्दगी कानून नभएका कारण नेपाली नागरिकलाई पक्राउ गरेर दोस्रो मुलुक पठाउन नमिल्ने सुरक्षाविद् डा. दीपक प्रकाश भट्ट बताउँछन् । नेपालमा सुपुर्दगी कानून छैन, नेपाली नागरिकलाई दोस्रो मुलुकमा पठाउन मिल्दैन । तर त्यो देशमा नेपालीले गरेको अपराधबमोजिम यहा“ पक्राउ गरेर सजाय दिन सकिन्छ । नेपालले विदेशीले उसको मुलुकमा अपराध गरेर नेपालमा बसेको पाए उसलाई त्यही देशमा पठाइदिने गरेको समाचार लोकान्तर छ |