हेडलाईन

प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न        

आन्तरिक विवादका कारण बन्द भएको ऐतिहासिक तमु सङ्ग्रहालयको ताला खुल्यो

बेसीसहर, ६ माघ । सदरमुकाम बेसीसहरमा दुई वर्षअघि देखि बन्द रहेको ऐतिहासिक तमु सङ्ग्रहालय भवनको ताला खोलिएको छ ।

तमु ह्युला छोंज धीं लमजुङ र आदिवासी जनजाति महासङ्घबीच आन्तरिक विवादका कारण बन्द रहेको भवनको ताला प्रशासनले बुधबार खोलेको हो । सङ्ग्रहालय व्यवस्थापन, नयाँ सहमति लगायतमा सहमति जुटेपछि प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले ताला खोल्नुभएको हो ।

गुरुङ अगुवाबीच विवाद बढेपछि स्थानीय प्रशासनले तमु सङ्ग्रहालयमा दुई वर्षअघि ताला लगाइएको थियो । सङ्ग्रहालयमा स्थानीय प्रशासनले २०७१ साल पुस २२ गते ताला लगाएको थियो । भवनमा तालाबन्दी भएपछि सङ्ग्रहालयमा रहेको तमु ह्युला छोंज धीं जिल्ला कार्यसमितिको प्रशासनिकलगायत कार्य बन्द भएको थियो ।

संस्थामा अनियमितता भएको आरोप लगाउँदै तमुवान् युथ भोलिन्टियर्सको नाममा केही युवाले २०७१ साल जेठ १५ गते ताला लगाएका थिए । ताला खुलाउने विषयमा सहमति नजुटेपछि तमु ह्युला छोंज धींको समिति र सङ्ग्रहालय व्यवस्थापन समितिले सोही महिनाको १८ गते पत्रकारसम्मेलन गरी संस्थालाई प्रशासनको जिम्मा लगाएको थियो ।
स्थानीय प्रशासनले सम्बन्धित पक्षलाई बोलाएर पटक–पटक सहमति जुटाउनका लागि प्रयास गरे पनि असफल भएपछि प्रशासनले ताला लगाएर संस्थाको जिम्मा लिएको थियो । विवाद समाधानका निम्ति सांसद जमिन्द्रमान घले, राप्रपा केन्द्रीय नेता हेमजङ्ग गुरुङ र नेपाली काँग्रेसका गमप्रसाद गुरुङ लागिपरेका थिए । सहमतिअनुसार तमु ह्युला छोंज गुरुङ राष्ट्रिय परिषद्को नयाँ कार्यसमिति चयन गरिएको छ ।
गुरुङ अगुवा तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का जिल्ला अध्यक्ष प्रेमबहादुर घले, सङ्ग्रहालयका महासचिव ताराराज घले र नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष खेमजङ्ग गुरुङले लिखित सहमति जनाएका छन् ।
आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्को समयावधि सकिएकाले आगामी चैतभित्र अधिवेशन गर्ने, तमु सङ्ग्रहालयको साधारण सभा र आदिवासी जनजातिको अधिवेशन प्रक्रिया सँगसँगै गर्ने लगायतको सहमति भएको छ । @ रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution