आज बसेको मन्त्रिपरिषद् बैठकले के–के निर्णय गर्यो ?

माघ ६ – सरकारले सहसचिव किरण पौडेललाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदको बिहिबार बसेको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार नहकुल सुवेदीलाई न्यायपरिषदको सचिव बनाउने निर्णय समेत गरेको छ । यस्तै सह–रजिष्ट्रार नृपध्वज निरौलालाई रजिष्ट्रार बनाइएको छ ।
यस्तै पूर्व रजिष्ट्रारलाई राजीव गौतमलाई कानुन मन्त्रालयको सचिवमा सरुवा गरिएको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।
यस्तै वेपत्ता छानबनि आयोगको सचिवमा राजीव भट्टराईलाई पठाइएको छ भने सुरेश कार्कीलाई रेडियो नेपाल नेपालको कार्यकारी निर्देशकमा नियुक्त गरिएको छ ।
यसैगरी बैठकले दूरसञ्चार प्राधिकरणमा खाली रहेको २ सदस्य नियुक्तिका लागि भेषराज काडेलको नेतृत्वमा एक समिति गठन गरिएको छ ।
काभ्रेका अजित मिजार र लक्ष्मी परियार हत्या काण्ड छानबीनको लागि युवा तथा खेलकूदमन्त्री दलजीत श्रीपालीको नेतृत्वमा एउटा समिति बनाइएको समेत कार्कीले जानकारी दिए ।
बैठकले एडीबीले गरेको १६ अर्ब ३७ करोड ऋण सहयोग पनि स्वीकृत गरेको छ ।