हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

मगर संघ इजरायलले माघे संक्रान्ति भव्यताको साथ मनायो,जातीय संस्थाका प्रतिनिधिहरु अनुपस्थित

तेलअविव- नेपाल मगर संघ इजरायलको आयोजनामा गत शुक्रबार १३ जनवरी २०१७ का साँझ तेलअविव शहर स्थित याद खरुचिम -१५ मा रहेको EVE पार्टी हलमा माघे संक्रान्ति -२०७३ भव्यताको साथ मनाएको छ |
संस्थाका अध्यक्ष बसन्त राजकोटी मगरको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुताबासका इजरायलका प्रथम सचिव हरिहर कान्त पौडेल ,बिशेस अतिथि एनआरएनए इजरायलका अध्यक्ष दिपक ओली र अतिथिहरुमा इजरायल स्थित संघसंस्थाका प्रतिनिधि र मिडियाकर्मीहरु रहेका थिए भने इजरायल स्थित जातीय संस्थाका अतिथि वा प्रतिनिधि सहभागी थिएन |

नेपाल आदिवासी जनजाती महासंघ इजरायलको गत जुन महिनामा सम्पन्न दोश्रो अधिवेशनमा असन्तुष्टि प्रकट गर्दै नेपाल मगर संघ इजरायल जनजाती महासंघबाट अलग भएको थियो भने माघे संक्रान्तिमा आयोजित कार्यक्रममा मगर संघ इजरायलले जातीय संस्थाहरुलाई निमन्त्रणा गरेपनि  महासंघलाई निमण्त्रणा नगरिएको जानकारी तामाङअनलाइनलाई प्राप्त भएको छ | महासंघको प्रतिनिधित्व नरहेको कार्यक्रममा जाती संस्थाका अध्यक्षहरु पनि नजाने जातीय संस्थाका अध्यक्षहरुको निर्णय अनुसार कोहि पनि कार्यक्रममा नगएको जानकरी आएको  छ |


कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष बिष्णु पुन मगरले स्वागत तथा शुभकामना मन्तब्य राख्नु हुँदै नेपाल आदिवासी जनजाती महासंघको निर्देशनमा इजरायल स्थित जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु कार्यक्रममा उपस्थित नभएकोमा दु:ख ब्यक्त गरेको थियो |संस्थाका निबर्तमान सल्लाहकार मन रानामगर र संघका सचिव चन्द्र पुलामी मगरले माघे सक्रान्तिको बारेमा प्रकाश पारेका थिए |

 

प्रमुख अतिथि नेपाली राजदुताबासका प्रथम सचिव हरिहर कान्त पौडेलले आदिवासी आदिवासी बिचमै खुट्टा काट्ने प्रवृद्धि बेसी र सहकार्य नदेखिएको भन्दै  विदेशमा रहँदा सबै नेपालीहरु मिलिजुली बस्नुपर्ने र माघे संक्रान्ति पर्वले एकआपसमा सद्भाव ,मित्रता कायम गर्न सहयोग मिल्ने बताउनु हुँदै माघे संक्रान्तिको शुभकामना व्यक्त गर्नु भएको थियो |
बिशेष अतिथि एनआरएनए इजरायलका अध्यक्ष दिपक ओलीले माघे संक्रान्तिको शुभकामना व्यक्त गर्दै मगर समुदायलाई एक्लो पारेर आदिबासी जनजातीको उद्देश्य पुरा नहुने र सबै जनजाती एक हुनुपर्ने बताएका थिए |
कार्यक्रममा मगर पहिचान झल्काउने कौडा निर्त्य ,थाली निर्त्य लगायत बेजोड नृत्य तथा गायनको साथमा कमेडी समेत प्रस्तुति गरेका थिए |
रात्रि भोज सहितको कार्यक्रममा तरुल,सेलरोटी,बारा(बटुक ),गोर्खे चट्नी संगै विभिन्न परिकारको ब्यवस्था रहेको थियो | कार्यक्रममा इजरायलली नागरिकहरु समेत सहभागी थिए |

अन्तमा  कार्यक्रमका सभापति संस्थाका अध्यक्ष बसन्त राजकोटी मगर समुदायहरुको राष्ट्रिय प्रमुख सांस्कृतिक महान पर्ब माघे संक्रान्तिको शुभकामना व्यक्त गर्दै आफ्नो कामलाई थाति राखी समय मिलाएर कार्यक्रमलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा आर्थिक, भौतिक, नैतिक सहयोग गर्नुहुने सम्पूर्ण इजरायलबासी मगर लगायत नेपालिम दाजुभाइ तथा हार्दिक धन्यबाद प्रकट गर्दै कार्यक्रम समापन भएको घोषण गरेका थिए |

तारा काउचा मगर संयोजक रहेको कार्यक्रम राम थापा मगर र काली पुन मगरले कुशलतापुर्वक संचालन गरेका थिए |

(कार्यक्रमको भिडियो क्लिप्स्)

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution