सिन्धुपाल्चोकमा सोनाम ल्होछार र तामाङ जागरण कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक : तामाङ् समुदायको महान पर्ब २८५३ ज्या ल्हो (चरा वर्ग) को अबसरमा सिन्धुपाल्चोकमा ‘सोनाम ल्होछार र तामाङ जागरण कार्यक्रम’ सम्पन्न भएको छ |
छार होअीस्हेर युवा समाज लिसंखु ९, वाफल सिन्धुपाल्चोकको आयोजनामा शनिबार साँस्कृतिक कार्यक्रमम गरेको छ । ल्होछार कार्यक्रमको प्रमुख अतिथिमा लेखक ढुपवाङ्गेल मोक्तान, विशेष अतिथिमा राजनीतिक विश्लेषक तथा समाजसेवी बुद्धछिरिङ मोक्तान र नेपाल तामाङ साँस्कृति घेदुङको केन्द्रीय महासचिव छेवाङ तेन्जिङ लामा रहेको थियो ।
तामाङ समुदायले ल्होछार पर्वलाई गाउँगाउँ मनाऔं भन्ने मुल उद्देश्यले यस समाजले मनोरञ्जनात्मक तथा तामाङ जागरण सम्बन्धी कार्यक्रम गरेका थिए । समाजको अध्यक्ष लालबहादुर मोक्तानको सभापतिमा सम्पन्न कार्यक्रममा सेलो गायक प्रेम लोप्चन, गायक तथा संगीतकार छेवाङ तेन्जिङ लामा, गायिका जमुना योञ्जन, गायक तथा संगीतकार विशाल योञ्जन, बैरागी मोक्तान, राजेन्द्र योञ्जन, सन्तोष तामाङ र सिएम दोर्जे ह्योल्मोको विशेष प्रस्तुतिले दर्शक नाचएका थिए ।
कार्यक्रममा नृत्य निर्देशक बुद्ध लामा, कोरियोग्राफर तथा मोडल खेम मोक्तान, सिद्धार्थ कला केन्द्र र विशाल कला केन्द्रको समुहगतको नृत्यले भरपुर मनोरञ्जन दिएका थिए ।
नायिका, निर्माता सुकुमाया मोक्तानले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि ढुपवाङ्गेल मोक्तानले तामाङ ल्होछार र तामाङ जागरण तथा ल्होछारको छोटो इतिहास बताएका थिए । त्यसैगरी बिशेष अतिथि बुद्धछिरिङ मोक्तानले ल्होछारको आगमन र ल्होछारको महत्वबारे जानकारी राखेका थिए ।