कोरियमा ग्याल्बो लोसार भव्यताको साथ मनाउने

कोरियन नयाँ वर्षा (सलनाल)मा नेपालीहरुको मौलिक पर्व मे मो च्या लो २१४४ औ ग्याल्बो ल्होसार विशेष सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको शेर्पा संघ द. कोरियाको अध्यक्षले बताउनु भयो।
शेर्पा संघद्वारा यस पटकको सांस्कृतिक कार्यक्रम भब्य सफल बनाउन नेपालबाट कलाकार टोली जनवरी २६ तारिक कोरियाको इन्छन इन्टरनेशनल एरपोर्ट आई पुग्ने आयोजक कमिटिले बताउनु भयो ।
यस पटक ग्याल्बो ल्होसार विशेष साँस्कृतिक कार्यक्रममा आउनु हुने महानुभावहरुलाई आयोजक कमिटीको तर्फ बाट उपलब्ध हुने सेवा सुबिधाको कुनै कमी महशुश हुन नदिन ब्यापक स्वयम सेवक परिचालन गर्ने भएको छ । कार्यक्रममा आवश्यक साउण्ड सिस्टम हलमा रहेता पनि थप गीत संगीतलाई उच्च स्थरको आवाजमा बजाऊन साउन्ड सिस्टम बाहिरबाट हायर गरी थप गर्ने सेर साङबोले बताउनु भयो। शेर्पा संघद्वारा कार्यक्रम भब्य सफल बनाउन अहिले बिभिन्न ऑनलाइन मिडिया मार्फ़त बिज्ञापन प्रोमो नेपालीहरु जमघट हुने स्थानहरुमा प्रचारको निम्ति ब्यापक पोस्टर टासीएको छ।
यस पटक शेर्पा संघले कार्यक्रम भब्य सफल बनाउन हरेक कुराको ब्यावस्थापन नयाँ र फरक तरिकाले ब्यवस्थित्त गर्नुको साथै कार्यक्रममा आउने हुने महानुभावहरुको लागी दोङदेमुन ३ गेटबाट कार्यक्रम स्थल सम्मा जान निशुल्क याता यातको ब्यवस्था गरिएको छ सेर साङबो ले बताउनु भयो ।
बस दोङदेमुन ३ नं गेट बाट बेलुकाको समय ६:३०, ७:३०, ८:१५ मा तिन पटक बस छूटने आयोजक कमिटिले बताउनु भयो।
कार्यक्रम सौलको छुंगक याकमा जनवरी २८ तारिक साँझ ६:00 बजे देखि बिहान ६:00 बजे सम्मा हुने आयोजक कमिटिले बताउनु भयो।
जनवरी २८ तारीको दिन हुने उक्त ग्याल्बो लोशार विशेष सांस्कृतिक कार्यक्रम बिभिन्न अन लाइन मिडिया मार्फ़त प्रत्यक्ष प्रशारण हुने बताउनु भयो। कार्यक्रम मा नेपाली भाषी संघ संस्थाहरुको प्रमुख, विशेष, आथित्यमा कार्यक्रम सञ्चालन हुने भएकोले कोरियामा रहेका सम्पूर्ण नेपाली दाजूभाई तथा दीदीबहिनीहरुलाई संघले उपस्थितिको लागी आवाहन गर्नु भए को छ।