हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

केपी ओलीलाई गृहनगरकै वासिन्दाले लगाए विकास विरोधीको आरोप

पुस २८, २०७३ दमक : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहनगर दमकमा आदिवासी रंगशालाको विषयमा दिएको अभिव्यक्तिप्रति आदिवासी जनजाति समुदायले विरोध गरेका छन्। गत सोमबार दमकमै आयोजित कार्यक्रममा उनले लखनपुर–१ मा रहेको रंगशालाको नाम कुनै हालतमा आदिवासी रंगशाला नहुने र त्यसको नाम मदन भण्डारी रंगशाला रहने विरोध भएको हो।

आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले बिहीबार दमकमा पत्रकार सम्मेलन गर्दै ओलीले दिएको अभिब्यक्ति प्रति आपत्ति जनायो। प्रतिष्ठानका महासचिव धिरेन सुब्बा लावतीले सात सय बढी आदिवासीको चिहान उत्खनन् गरी निर्माण सुरु गरिएको रंगशालामा राजनीति नगर्न ओलीलाई सुझाए। उनले भने, ‘आदिवासीको नाममा राजनीति नगर्नुस्, कुनै पनि हालतमा हामी नाम परिर्वत गर्न दिदैनौं, यदि जबर्जस्ती नाम परिवर्तन गरे यसको परिणाम नराम्रो हुन्छ।’ आदिवासी जनजाती महासंघका झापा अध्यक्ष पारस राईले ओलीको अभिव्यक्तिले आदिवासीको पहिचान र आत्मसम्मानमा चोट पुगेको बताए। उनले भने,‘ आदिवासी यो देशका जनता होइनन्, के आदिवासीका नाममा विकास निर्माणका काम नै हुदैन?’ आदिवासी रंगशालामा हमला गरे जस्तोसुकै संघर्षमा उत्रन तयार रहेको राईले बताए।

आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका सदस्य दिपेनबाला राईले ओली एकात्मकवादी र संकीर्ण सोचको भएको बताए। ओली प्रधानमन्त्री भएको समयमा युवा तथा खेलकुद मन्त्रालयले यो रंगशालाको स्तर उन्नतिका लागि आएको ४० लाख रकम समेत रोकेको आरोप लगाए। उनले भने,‘ आर्थिक बर्ष २०७२/२०७३ मा सरकारले विनियोजन गरेको बजेट समेत ओली प्रधानमन्त्री भएपछि रोकिदिए, हामी पटक–पटक बजेट माग गर्न जाँदा प्रधानमन्त्रीको ठाडो निर्देशनमा रोकेको जानकारी पायौं।’ ओलीले आफ्नै निर्वाचन क्षेत्रको विकास हुने कुरामा समेत बाधा गरेको उनले गुनासो गरे। लखनपुरमा रहेको रंगशालाको नाम २०६५ सालमा नै आदिवासी रंगशाला भनेर नेपाल सरकारको रातो किताबमा समावेश भइसकेको रंगशाला प्रतिष्ठानका पदाधिकारीहरु बताउँछन्।

तत्कालिन समयमा आदिवासी जनजातिहरुको करिब ७४५ वटा समाधीहरु उत्खनन् गरेर नेपाल सरकारले आदिवासीको नाममा रंगशाला बनाइदिने भनेको थियो। हालसम्म रंगशालाको सम्याउने र घेराबारा गर्ने काम सम्पन्न भइसकेको छ। आर्थिक वर्ष २०६७/६८ मा विनियोजन भएको १ करोड बजेटले रंगशाला सम्याउने र आर्थिक वर्ष २०७०/७१ मा विनियोजन भएको १ करोड ५० लाख रकमले घेराबारा गर्ने काम सम्पन्न भएको निर्माण समितिले जनाएको छ। आर्थिक वर्ष २०७२/०७३ मा रंगशालाको नाममा विवाद आए पछि केही काम हुन सकेको छैन। यस्तै ओलीले सोमबार दमकमा आकाशे पुल उद्घाटन कार्यक्रममा रंगशालाको नाममा जातीय राजनिती गर्न खोजेको आरोप लगाएका थिए। कार्यक्रममा यस्तो अभिब्यत्ति दिएपछि नेपाली कांग्रेसकी सांसद महेन्द्राकुमारी सुब्बाले माइक्रोफोन खोसेर ओलीको प्रतिवाद गरेकी थिइन्। @ थाहखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution