इजरायलमा नयाँ शक्तिले हस्ताक्षर संकलन अभियान सुरु

१२ जनवरी २०१७ , तेलअविव – नयाँ शक्ति पार्टी नेपालका प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज इजरायलले समृद्धि र स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपतिय शासन प्रणालीका पक्षमा हस्ताक्षर संकलन अभियान सुरु गर्ने भएको छ |
छोटो अवधिमा पटक–पटक सरकार गठन र विघटन हुनु नै अस्थिर राजनीतिको उपज हो | वर्तमान संसदीय प्रणाली बाटै राजनीतिक स्थायित्व,निकास र प्रगति सम्भव नै छैन । त्यसको लागि वर्तमान शासकिय स्वरुपमा परिवर्तन गरी जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्था अपरिहार्य आवश्कता रहेको ठहर गर्दै नयाँ शक्ति पार्टी नेपालले स्वदेश र बिदेशबाट जनदवाव सिर्जना गर्न र सबैको साझा मुद्दा बनाउन १० लाख हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने उद्देश्य अनुरुप इजरायलबाट पनि हस्ताक्षर संकलन सुरु गर्न लागेको अन्तराष्ट्रिय नेपाली समाज इजरायल (नयाँ शक्ति पार्टी नेपाल) का संयोजक बी बी लामा तामाङले जानकारी दिएको छ |
पहिलो र दोस्रो संविधानसभामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा बहुमत हुँदाहुँदै र जनताको भारी मत प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा हुँदा समेत केही पार्टी र नेताहरुले अडान छोड्दा जारी संविधानमा यो विषय छुटेको थियो । पहिले संविधान सभामा एमाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा भएपनि पछिल्लो चरणमा एमालेले कांग्रेससँग मिलेर संसदीय प्रणालीको पक्ष लिएपछि संविधानसभामा बहुमत गुमेको थियो । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतियको पक्षमा रहेको माओवादी अध्यक्ष प्रचण्डले अकस्मात अडान छोडिदिँदा हाल जारी भएको संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको बिषयले स्थान गुमाउनु परेको थियो |
इजरायलमा एक महिना सम्म हस्तक्षार संकलन अभियान संचालन गरेर नेपाली राजदुतावास मार्फत नेपाल सरकारलाई उक्त हस्ताक्षार बुझाउने भएको छ | यस पछि अर्को चरणमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय शासन प्रणालीका पक्षमा अन्तरक्रिया तथा छलफल कार्यक्रम गर्ने भएको छ |
अन्तराष्ट्रिय नेपाली समाज इजरायलले हस्ताक्षार अभियानमा सहभागी र सहयोग गर्न इजरायलवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोधको साथ अपिल गरेको छ |